थप १८ सय ५१ सङ्क्रमित, सात हजार ७७७ निको, १४ को मृत्यु

काठमाडौं, माघ २६ गते । पछिल्लो २४ घण्टामा १८ सय ५१जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ६०३ जनाको पीसीआर परीक्षण गर्दा १८ सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा चार हजार ७५३ जनाको एन्टीजेन परीक्षण गर्दा ५५० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कुल १६ हजार ३५६ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर दुई हजार ४०१ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा सात हजार ७७७ जना सङ्क्रमण मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा दुई लाख ४६ हजार ७८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल ३० हजार २४१ जना सक्रिय सङ्क्रमित छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter