नेपाल र भारतका प्रधानमन्त्रीद्वारा भर्चुअल माध्यमबाट रेल सेवा उद्घाटनकाे तयारी

विजयकुमार साह / ढल्केबर, फागुन २ गते । जनकपुर–जयनगर रेल सेवाको उद्घाटन भर्चुअल माध्यमबाट नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा गर्ने तयारी भइरहेको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार रेल नियमित सञ्चालनका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गर्ने गरी दुई देशका कूटनीतिज्ञबीच छलफल भइरहेको छ ।

प्राविधिक परीक्षणको रुपमा आइतबारबाट कुर्था–जनकपुर–जयनगरसम्म रेल सेवा सञ्चालन सुरु भएको छ । एक–दुई दिनभित्र उद्घाटनको पनि मिति तय हुन्छ । फागुन महिनाको दोस्रो साताको अन्त्यतिर उद्घाटन हुनसक्ने उहाँले विश्वास गर्नुभएको छ ।

रेल उद्घाटन नहुञ्जेल दिनको एकपटक आउनेजाने र त्यसपछि यात्रुको चाप तथा आवश्यकता हेरेर दिनमा २–३ पटकसम्म पनि रेल सञ्चालन गर्न सकिने तयारी रहेको उहाँ बताउनुहुन्छ ।

रेल सञ्चालनपछि त्यस क्षेत्रका जनता र व्यापारीलाई यातायातमा सहज हुने अपेक्षा गरिएको छ ।

भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपियाँ आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा रेल सञ्चालनका लागि २०७७ असोज २ गते भारतीय कम्पनी कर्पोरेशनसँग ८४ करोड ६५ लाख रुपियाँमा दुई सेट डेमो ट्रेन खरिद गरी ल्याइएको थियो । सो रेलमा एक हजार २०० देखि एक हजार ३०० जनासम्म यात्रु बसेर र उभिएर यात्रा गर्न सक्छन् ।

यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ । नेपालमा राणाकालमा वि.सं. १९९४ सम्म जयनगरदेखि जनकपुरसम्म सञ्चालन भएको रेल सेवा २०६७ सालमा प्राविधिक कारणले बन्द भएको थियो । झण्डै एघार वर्षपछि वर्तमान सरकारले रेल सेवा सुरु गरेको छ ।

अहिले कुल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि बिजुलपुरासम्म थप १७ किमी रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । बिजलपुरासम्म गरी ५२ किमीमा छिट्टै रेल सञ्चालन हुने महाप्रबन्धक झाले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter