सर्वोच्चको काम कसरी अगाडि बढाउनेबारे सुझाव संकलन

काठमाडौं, फागुन २ गते । सर्वोच्च अदालतमा आज बसेको अनौपचिरिक छलफल सकिएको छ । सर्वोच्चका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सोमबार दिउँसो बोलाउनुभएको अनौपचारिक छलफल सकिएको न्यायाधीश हरिकृष्ण कार्कीले जानकारी दिनुभयो ।
छलफलमा सर्वोच्चको अहिलेको परिस्थिति परिवर्तनबारे छलफल भएको न्यायाधीश कार्कीले बताउनुभयो । अनौपचारिक छलफलमा परिवर्तित परिस्थितिमा सर्वोच्चको कामहरुलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको र यसबारे सुझाव संकलन मात्र भएको उहाँले जानकारी दिनुभयो । सोमबार दिउँसो सर्वोच्चका कामु प्रधानन्यायाधीशले कार्कीले अनौपचारिक छलफल गर्न बैठक बोलाउनुभएको थियो ।