थप ४९८ सङ्क्रमित, दुईको मृत्यु

काठमाडौं, फागुन ३ गते । पछिल्लो २४ घण्टामा ४९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार २५६ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा दुई हजार ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा १८२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कुल सात हजार ९५ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर ६८० जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा १८ सय ३५ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९६.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९०२ सय पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा चार लाख ३८ हजार ८१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल १९ हजार चार सय जना सक्रिय सङ्क्रमित छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter