सुन्तलामा सिट्रस ग्रिनिङ्ग रोग, किसान चिन्तित्

प्रतीक इच्छुक शर्मा / सल्यान, फागुन ३ गते । सुन्तलाका बोट पहेंलो हुँदै सुक्न थालेपछि सिट्रस ग्रिनिङ रोग लागेको जानकारी गराइएको छ । थोरै लगानीमा गर्न सकिने सजिलो खेती र राम्रो आम्दानी हुने भएकाले यहाँका किसानले अन्नबाली लगाउन छाडेर सुन्तला खेती गर्दैआएको भए पनि सुन्तलामा रोग देखिएपछि किसान चिन्तित भएका छन् ।

वागचौर नगरपालिका ८ का किसान भरतनाथ योगीले सिट्रस ग्रिनिङ्ग रोग र रासायनिक मल तथा विषादीको प्रयोग गर्न नजान्दा सुन्तलाका बोट नै सुक्न थालेको बताउनुभयो । उहाँकाअनुसार एक हजारभन्दा बढी सुन्तलाको बोट लगाएका योगीले रोगका कारण एक सय बढी बोट मरेका छन् ।

कोटमौला क्षेत्रका २ सय ५० किसानले ब्यवसायिक सुन्तलाखेती गरेका छन् । सुन्तला वगैचामा सिट्रस ग्रिनिङ्ग रोग देखापरेको छ । किसान अंगेश्वर डाँगीले रोग छिटो फैलिने हुँदा उत्पादन यो वर्ष सुन्तला उत्पादनमा समेत कमीआएको बताउनुभयो । उहाँकाअनुसार यसअघिका वर्ष कोटमौलाक्षेत्रबाट २० करोड वढीको सुन्तला जिल्ला वाहिर निकासी भएपनि यो वर्ष १४ करोड रुपियाँ वरावरको निर्यात भएको छ ।

किसान प्रकाश डाँगीले हाँगाबाट सुक्दै जाने, जरा कुहिने, फल पनि राम्रो नहुने भएका कारण सुन्तला उत्पादन घट्न थालेको बताउनुभयो । उहाँकाअनुसार जति उपचार गर्दा पनि रोग नियन्त्रणमा आउन सकेको छैन । कृषि विकास कार्यालय सल्यानका कार्यालय प्रमुख भरत बस्नेतले किसानको सुन्तला वगैचामा सिट्रस ग्रिनिङ्ग र सिट्रससिल्ला रोग देखा परेको बताउनुभयो ।

बगैँचामा रोगले आक्रमण गर्दा वर्षेनी सुन्तलाको उत्पादनमा समेत गिरावट आइरहेको उहाँले बताउनुभयो । यो समस्या सल्यानको मात्र नभएर देशभर सुन्तलामा यस प्रकारको समस्या देखिएको कृषकहरुको भनाई छ । रोग न्यूकिरण गर्न चालु आर्थिक वर्षमा कोटमौला सुन्तला वगैचामा वगैचा सुधार, औषधी आदिको प्रयोग गरिने समेत वस्नेतको भनाई छ ।

जिल्लामा नौ सय किसानले १ हजार ५ सय हेक्टर बढीमा व्यवसायिक सुन्तला खेती गर्दै आइरहेका छन् । रोगकै कारण गत वर्षको तुलनामा यो वर्ष झन्डै ३३ प्रतिशतले उत्पादन घटेको कार्यालयको तथ्याङ्क छ ।

कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारीले गत वर्ष ७ हजार ४ सय ८३ मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष ६ हजार ८ सय ८५ मेट्रिक टन मात्र सुन्तला उत्पादन भएको बताउनुभयो । जिल्लाका बागचौर, शारदा नगरपालिका, छत्रेश्वरी, सिद्ध कुमाख, कपुरकोट गाउँपालिकालगायत स्थानलाई सुन्तला पकेट क्षेत्र मानिन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter