स्थानीय तह निर्वाचनका लागि बिहीबारदेखि दल दर्ता; करिब एक लाख म्यादी आवश्यक पर्ने

काठमाडौं, फागुन ४ गते । निर्वाचन आयोगले बिहीबारदेखि दल दर्ताका लागि आह्वान गरेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि बिहीबारदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने आयोगले जनाएको छ । आयोगमा १ सय ६ वटा दल दर्ता भएका छन् ।

आयोगले स्थानीय तह निर्वाचनका लागि संविधानको धारा २७१ बमोजिम राजनीतिक दलसम्बनधी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा दल दर्ता गर्ने आह्वान गरेको हो । निवेदनको ढाँचा आयोगको वेबसाइटबाट डाउनलोड गर्न वा आयोग सचिवालयबाट प्राप्त गर्न सकिने समेत आयोगले जनाएको छ ।

दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइ खुलाउनुपर्ने आयोजले जनाएको छ ।

त्यस्तै, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, आयोगमा दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र दलको केन्द्रीयस्तर, प्रदेशस्तर र जिल्लास्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति पनि खुलाउनुपर्नेछ । साथै यसभन्दा अघिको स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको निर्वाचन चिन्हको सट्ट अर्को निर्वाचन चिन्ह लिन चाहने दलले आफूले प्राप्त गर्न चाहनेको तीन वटा निर्वाचन चिन्ह प्राथमिकता क्रम अनुसार उल्लेख गर्नुपर्नेछ ।

यसैगरी, राजनीतिक दलको संगठनात्मक स्वरुप ९केन्द्रीयस्तर, प्रदेशस्तर र जिल्लास्तर छ–छैन खुलाउने र स्थानीय तहको निर्वाचनमा भाग लिन चाहेको जिल्ला पनि दल दर्ता गर्दा खुलाउनुपर्ने आयोगले जनाएको छ ।

आयोगले निर्वाचन प्रयोजनाको लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, दलको विधान, नियमावली, तथा घोषणापत्र, निर्वाचन चिन्हको नमूना र सोको विद्युतीय प्रतिका कागजत पनि संलग्न गर्नुपर्नछ ।

त्यस्तै, आव २०७७/०७८ को वार्षिक लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षण प्रतिवेदन पेश गर्दा एकीकरण वा गाभिनुपूर्वका दलको विवरण समेत देखिने गरी तयार गरिएको वार्षिक लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षण प्रतिवेदन पेश गर्दा साविकमा अलग/अलग रहेको दलको वार्षिक लेखा परीक्षण प्रतिवेदन पेश गर्नुपर्नेछ ।

स्थानीय तह निर्वाचनका लागि करिब एक लाख म्यादी आवश्यक पर्ने

स्थानीय तह निर्वाचनका लागि एक लाख बढी म्यादी प्रहरी भर्ना गर्ने तयारी भएको छ । प्रहरी प्रधान कार्यालय नक्साले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वानचको लागि करिब एक लाख बढी म्यादी प्रहरी आवश्यक पर्ने आकलन गरेको छ ।

प्रहरी पधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता विष्णुकुमार केसीले देशभर एकै चरणमा चुनाव गर्दा धेरै म्यादी प्रहरी आवश्यक हुने हुँदा सोही अनुसार तयारी भइरहेको बताउनुभयो ।

स्थानीय हत निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी तयार रहेको र म्यादी प्रहरी भर्ना गर्नेबारे तयारी भइरहेको प्रवक्ता केसीको भनाइ छ ।

उहाँका अनुसार निर्वाचनका लागि भर्ना हुने म्यादी प्रहरीले ५० दिनको सेवा सुविधान पाउने छन् । ‘स्थानीय तह निर्वाचनमा करिब एक लाख बढी म्यादी प्रहरी आवश्यक पर्ने अनुमान गरेको छौं । म्यादी भर्नाका लागि तयारी भइसकेको छ । यसको लागि केही समय लाग्छ । भर्ना हुने म्यादीले ५० दिनको सेवा सुविधा पाउने छन्,’ उहाँले भन्नुभयो ।

५० दिनका लागि भर्ना भएका म्यादी प्रहरीले चुनाव सकिएको ८–१० दिनसम्म काम गर्न पाउने प्रवक्ता केसीको भनाइ छ ।

, २०७४ मा दुई चरणमा स्थानीय तह निर्वाचन भएको थियो । सो निर्वाचनमा ७५ हजार म्यादी प्रहरी परिचालन गरिएको थियो । साथै सरकारले दुई लाख २६ हजार सुरक्षाकर्मी परिचालन गरेको थियो ।

त्यसबेलाको स्थानीय तह निर्वाचनमा सरकारले नेपाली सेनालाई बाहिरी घेरामा परिचालन गरेको थियो भने पहिलो घेरामा नेपाल प्रहरी र दोस्रोमा सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

यता, गत माघ १९ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि आवश्यक सुरक्षा योजना बनाएर पेश गर्न चार वटै सुरक्षा निकायलाई निदेएशन दिएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter