गौतमबुद्ध विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन फ्लाइट, उडान बन्द

छेटु शेर्पा / काठमाडौं, फागुन ५ गते । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) शुक्रबार देखि शुरु हुने भएको छ । क्यालिब्रेसन फ्लाइट शुरुसँगै भैरहवा विमानस्थलको उडान दिनभर ठप्प हुने जनाएको छ ।

निर्माणको अन्तिमचरणमा भएको उक्त विमानस्थलको यान्त्रिक परीक्षणका लागि थाइल्याण्डको एरो थाईले उडान शुरु गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिनुभयो । क्यालिब्रेसन फ्लाइटका क्रममा बिहान ११ः०० देखि दिउँसो ४ः३० बजेसम्म भैरहवा विमानस्थलको उडान पूर्णरुपमा ठप्प हुने कर्णले जानकारी दिनुभयो । कम उचाइमा जताततै उडेर विमानस्थलमा जडित यन्त्रको परीक्षण गर्नुपर्ने भएकाले जहाजको उडान रोक्नुपरेको उहाँले बताउनुभयो । भैरहवा विमानस्थलमा दैनिक २० वटासम्म उडान हुने गरेको थियो ।

प्राधिकरणले यात्रुलाई सहज बनाउन विहान र बेलुकी उडानको समय दिएको छ भने शनिबार क्यालिब्रेसन फ्लाइट नहुने भएकाले उक्त दिन पुरानै तालिकामा उडान हुने जनाएको छ । जडित यान्त्र परीक्षणको समयतालिकामा अवरोध हुने भएपछि साडे पाँच घण्टा उडान रोकेको प्राधिकरणले जनाएको छ । नेपालमा सञ्चालनमा रहेका ३५ वटा विमानस्थलहरु मध्ये पूर्णरुपमा यान्त्रिक हिसावले अवतरण गर्न सक्ने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल नै पहिलो रहेको प्राधिकरणले जनाएको छ ।

फागुन १५ गतेसम्म क्यालिब्रेसन फ्लाइट हुने छ भने त्यसपछिको रिपोर्टका आधारमा परीक्षण उडान गरी नियमित उडानका शुरु हुने प्राधिकरणको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि अन्तर्राष्ट्रिय उडान भर्ने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुनेछ ।

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को सुरूमा निर्माण शुरु भएको विमानस्थल कोरोना महामारी र ठेकेदार कम्पनीको लापरवाहीका कारण पाँच वर्ष लम्विएको थियो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको उक्त आयोजनामा सात अर्ब ३२ करोड खर्च भएको प्राधिकरणले जनाएको छ । विमानस्थल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्ग छ । विमानस्थलमा व्यावसायिक उडान शुरु भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप कम हुने प्राधिकरणले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter