गौतमबुद्ध विमानस्थलमा ‘क्यालिब्रेसन’ उडान सुरु, ३० घण्टा उडान हुने

काठमाडौं, फागुन ६ गते । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) आजबाट शुरु भएको छ । उक्त उडानका लागि ल्याएको जहाजले ३० घण्टाभन्दा बढी उडान गरेर जडित यन्त्रहरुको परीक्षण सम्पन्न गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

आजबाट शुरु भएको उडानमा जहाजले दैनिक पाँच घण्टाभन्दा बढी उडान भर्नेछन् भने शनिबार बिदा हुने प्राधिकरणका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिनुभयो । क्यालिब्रेसन फ्लाइटका क्रममा बिहान ११ः०० देखि दिउँसो ४ः३० बजेसम्म भैरहवा विमानस्थलको उडान पूर्ण रुपमा ठप्प हुने कर्णले जानकारी दिनुभयो । कम उचाइमा जताततै उडेर विमानस्थलमा जडित यन्त्रको परीक्षण गर्नुपर्ने भएकाले जहाजको उडान रोक्नुपरेको उहाँले बताउनुभयो । भैरहवा विमानस्थलमा दैनिक २० वटासम्म उडान हुने गरेको थियो ।

नेपालमा सञ्चालनमा रहेका ३५ वटा विमानस्थलमध्ये पूर्णरुपमा यान्त्रिक हिसावले अवतरण गर्न सक्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नै पहिलो रहेको प्राधिकरणले जनाएको छ । फागुन १५ गते उडान सम्पन्नसँगै उक्त रिपोर्टका आधारमा परीक्षण उडान गरी नियमित उडान शुरु हुने प्राधिकरणको जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि अन्तर्राष्ट्रिय उडान भर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुनेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter