फिलिपिन्समाथि नेपालको शानदार जित

काठमाडौँ, फाल्गुन ७ गते । ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी चम्किएपछि नेपालले आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा फिलिपिन्समाथि शानदार जित निकालेको छ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले फिलिपिन्सलाई एक सय ३६ रनले हरायो । जितका लागि दुई सय १९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्स निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ८२ रनमा समेटिएको थियो ।

फिलिपिन्सका जोर्डन अलेगाले अविजित सर्वाधिक २७ रन बनाउनुभयो । डानियल स्मिथले सर्वाधिक २० र कप्तान जोनाथन हिलले ११ रन जोड्नुभयो । बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिनुभयो । सन्दीपले एकै ओभरमा दुई विकेट झार्नुभयाे भने जितेन्द्र मुखिया, अविनाश बोरोहा, कुशल मल्ल, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा दुई सय १८ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले अविजित एक सय चार रन बनाउनुभयो । कुशलले ६१ बलमा १३ चौका र एक छक्काको सहयोगमा शतकीय पारी खेल्नुभयाे ।

शानदार शतक पूरा गर्नुभएका भुर्तेल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट शतक प्रहार गर्ने तेस्रो खेलाडी बन्नुभएको छ । यसअघि नेपालबाट पूर्वकप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले शतक प्रहार गर्नुभएको थियो । पारसले २०१९ मा सिंगापुरविरुद्ध त्रिदेशीय शृंखलाका क्रममा १०६ रनको शतकीय पारी खेल्नुभएको थियो । ज्ञानेन्द्रले सोही वर्ष भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा भुटानविरुद्ध १०७ रनको पारी खेल्नुभएको थियो ।

दीपेन्द्रसिंह ऐरीले ८३ रन बनाउनुभयो । ऐरीले ४७ बलमा ६ चौका र चार छक्काको सहयोगमा ८३ रन बनाउनुभएको थियो । कुशल मल्लले १२ र लोकेश बमले अविजित ६ रन बनाउनुभयो । ओपनर आरिफ शेख शून्य रनमा आउट हुनुभयो । बलिङमा फिलिपिन्सका डानियल स्मिथ, मिडी पोडोस्की र गुर्भुपिन्डर चोहानले एक एक विकेट लिनुभयो । नेपालले पहिलो खेलमा आयोजक ओमानलाई ३९ रनले हराएको थियो । अब नेपालले समूह चरणको अर्को खेलमा सोमबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter