आईसीसी टी–२० विश्वकप छनोट : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौँ, फाल्गुन ९ गते । नेपाल ओमानमा जारी आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । ओमान क्रिकेट एकेडेमी मैदान–१ मा सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडालाई आठ विकेटले हरायो ।

समूह ‘बी’ को विजेता बनेको नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता युएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपालको समूहबाट ओमानले पनि उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ । ओमानले ‘ए’ को विजेता आयरल्यान्डसँग खेल्नेछ । समूह ‘बी’ बाट फिलिपिन्स र क्यानडा बाहिरिएका छन् ।

सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली यसैबर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकपमा छनोट हुनेछ । समूह चरणमा अपराजित नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३६ रनले हराएको थियो ।

क्यानडाले दिएको ८१ रनको विजयी लक्ष्य नेपालले १४.१ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक अविजित ३४ रन बनाउनुभयो । उहाँले ३७ बलमा बलमा तीन चौकाको सहयोगमा उक्त रन बनाउनुभएको थियो । दीपेन्द्रसिंह ऐरीले अविजित २७ रन बनाउनुभयो । उहाँले ३१ बलमा तीन चौकाको सहयोगमा उक्त जोड्नु भएको हो । अर्का ओपनर आशिफ शेख १७ रनमा आउट हुनुभएको थियो । १६ बलको सामना गर्नुभएका आशिफले एक चौका र एक छक्का हान्नुभयो । बलिङमा क्यानडाका सलमान नाजर र कलीम सानाले एक एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले १५ ओभरमा सवै विकेटको क्षतिमा ८० रन बनायो । नेपालको धारिलो बलिङको सिकार बनेको क्यानडा ब्याटिङमा जम्न सकेको थिएन । क्यानडाका लागि डिलोन हेलिगरले सर्वाधिक २४ रन बनाउनुभयो । कप्तान नवनित ढालिवालले १८, ओपनर रायन पठानले १४ र सलमान नाजरले १० रन बनाउनुभयो । क्यानडाका अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।

क्यानडालाई सस्तैमा रोक्न बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिनुभयो । कमल ऐरी र अभिनास बोहोराले दुई दुई तथा कुशल मल्लले एक एक विकेट झार्नुभयो ।क्यानडाविरुद्ध नेपालले टोलीका एक जना खेलाडी परिवर्तन गरेको थियो । नेपालका तीव्र गतिका बलर कमलसिंह ऐरी टोलीमा रहँदा गुलशन झाले आराम पाउनुभएको थियो ।

क्यानडाविरुद्ध नेपालको प्लेइङ–११

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अभिनाश बोहरा ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter