नेपालको विश्वकप खेल्ने सपना अधुरै

काठमाडौँ, फाल्गुन १० गते । सेमिफाइनलमा यूएईसँग पराजित भएपछि नेपालको टी–२० विश्वकप खेल्ले सपना अधुरै बनेको छ । ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भयो ।

जितका लागि यूएईले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल १८.४ ओभरमा सवै विकेटको क्षतिमा एक सय सात रनमा समेटिएको थियो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाउनुभयो । ऐरीले ३८ नै बलमा तीन चौका हान्नुभएको थियो । ज्ञानेन्द्र मल्लले २० रन बनाउनुभयो । मल्लले १६ बलमा एक चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको थियो ।

आरिफ शेखले ११ रन बनाउनुभयो । ओपनर कुशल भुर्तेल सात रनमा आउट हुनुभयो । आशिफ शेक र लोकेश बम शून्य रनमा पेभेलियन फर्किनुभयो । विवेक यादव आठ रन जोड्दै बाहिरिनु भयो । जितेन्द्र मुखियाले पाँच तथा सन्दीप लामिछानेले र कमल ऐरी समान चार रन जोड्दै पेभेलियन फर्किनुभएको थियो ।

नेपाललाई सस्तैमा समेट्न यूएईका अहमेद राजा एक्लैले पाँच विकेट लिनुभयो । जुनइद सिद्धिक्वीले तीन विकेट लिनुभयो । सिद्धिक्वीले पहिलो ओभरमै नेपालको दुई विकेट लिनुभयो । रोहन मुस्ताफा र जाहोर खानले एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७५ रन बनाएको थियाे । यूएईका लागि ओपनर मोहमद वासिमले सर्वाधिक ७० रन बनाउनुभयो ।

३८ बलको सामना गर्नुभएका वासिमले चार चौका र चार छक्का हान्नुभएको थियो । वृत्य अरविन्दले ४६ रन बनाउनुभयो । २३ बलको सामना गर्नुभएका अरविन्दले पाँच चौका र तीन छक्का हान्नुभएको थियो । ओपनर चिराग सुरी चार रनमा पेभेलियन फर्किनु भएको थियो । मोहमद उसमानले १७ र जावर फारदिले अविजित ११ रन बनाउनुभयो । रोहन मुस्ताफाले अविजित नौ र कप्तान अहमेद राजाले अविजित ६ रन बनाउनुभयो ।

बलिङमा नेपालका जितेन्द्र मुखिया र अविनास बोहोराले तीन तीन विकेट लिनुभयो । कप्तान सन्दीप लामिछाने एक विकेट झार्नुभयो । समूह चरणको खेलमा बलिङमा शानदार प्रदर्शन गरेको नेपालले यूएईविरुद्ध चमत्कार देखाउन सकेन । नेपालले ब्याटिङमा पनि पुरानै कमजोरीलाई निरन्तरता दियो । समूह चरणमा नेपालले शानदार प्रदर्शन गरेको थियो ।

समूह ‘बी’ मा अपराजित रहँदै समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको थियो । नेपालले यसअघि सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो ।

फाइनल पुगेको यूएईले उपाधिका लागि आयरल्यान्डसँग खेल्नेछ । मंगलबार नै भएको अर्को सेमिफाइनल खेलमा आयरल्यान्डले ओमानलाई ५६ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter