नयाँ घर ठडिएपछि बारपाकको स्वरुप फेरियो

नरेन्द्र ढकाल / गोरखा, फागुन १० गते । भूकम्प गएको ६ वर्ष बित्न लाग्दा भूकम्पले ढलेका अधिकांश घर ठडिएका छन् । पहिले झुप्राझाप्री भएको ठाउँमा पक्की घर बनेपछि बारपाक शहरजस्तै देखिने गरेको छ । भूकम्पको केन्द्रबिन्दु बारपाक अहिले ठूलो शहरजस्तै देखिन्छ । अग्ला आरसीसी बिल्डिङ ठडिएका छन् । भूकम्पपछि केन्द्रबिन्दु बारपाकको स्वरुप नै फेरिएको स्थानीयको भनाई छ । ‘हामीलाई त पहिलेकै बारपाक राम्रो लाग्थ्यो,’ स्थानीय काली घलेले भन्नुभयो, ‘अहिले त थरी–थरी घर बनेंका छन्, तर हामीलाई पहिलेकै बारपाक राम्रो लाग्थ्यो ।’

अहिले बारपाक सुलिकोट गाउँपालिका १ मा ३७८ र वडा २ मा ९२२ घरधुरी गरी एक हजार ३०१ घरधुरी रहेका छन् । लाहुरे र सम्पन्न मानिसहरुको बाहुल्यता रहेको बारपाकमा प्राय सबैले ठूला आरसीसी भवन बनाएका छन् । ‘सिमेन्टको घर त चिसो हुँदो रहेछ । जस्ताले छाएको घरमा शित पर्छ, जाडो हुन्छ,’ स्थानीय मानबहादुर गुरुङले भन्नुभयो, ‘पहिलेको ढुङ्गा माटोका घरमा त आगो फुकेर बस्न पाइन्थ्यो न्यानो हुन्थ्यो ।’

बारपाकबासीले भूूकम्पले भत्काएको बारपाक गाउँको एकनासे ढुंगाका घरले दिएको मौलिकता र पहिचानलाई जोगाउन नसकेको स्थानीयको भनाई छ । पुनःनिर्माणसँगै मौलिकता र पहिचान मेटिएको स्थानीयको चिन्ता छ । लालजित घले (६१) ले भन्नुभयो ‘सक्नेले ठूला घर बनाए, नसक्नेले जस्तो सक्यो त्यस्तै बनाएर बसे ।’

काठमाडौंंबाट घुम्न आउनुभएका सम्राट पनेरुले भन्नुभयो, ‘पहिले राम्रो थियो रे, भूकम्पपछि पुरानो पहिचान जोगाएर नयाँ घर बनाउन पाएको भए राम्रो हुन्थ्यो । अहिले त काठमाडौं नै घुमेजस्तो भइरहेको छ ।’ झण्डै १८ सय फिट देखि १९ सय सम्मको वीचमा फैलिएको बारपाक गाउँ सडक सञ्जालले जोडिएको छ ।

व्यवस्थित तवरले घर बन्न नसक्दा वस्ती अस्तव्यस्त देखिएको स्थानीयको बुझाई छ । स्थानीय सुकबहादुर बिकले भन्नुभयो, ‘यसरी जथाभावी घर बनाउँदै जाने हो भने बारपाकको अबस्था झन भद्रगोल हुन्छ ।’

भूकम्पअघि व्यवस्थित नमूना गाउँको परिचय बनाएका बारपाक अहिले आधुनिक बिकासमा परिणत भइसकेको छ । आधुनिक स्मार्ट सिटिको अबधारणाअनुसार अघि बढाउन सके राम्रो हुने धेरैको भनाई छ । गोरखापत्र

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter