टी–२० विश्वकप छनोटमा नेपाल तेस्रो

काठमाडौँ, फाल्गुन १२ गते । आईसीसी टी–२० ग्लोबल छनोट खेलमा नेपाल तेस्रो भएको छ । छनोट खेलमा समूह ‘ए’ बाट प्रतिस्पर्धा गरेको नेपाल सेमिफाइनलमा यूएईसँग पराजित भएपछि विश्वकप छनोटबाट बाहिरिएको थियो । ओमानस्थित अल अमरेत क्रिकेट मैदानमा बिहीबार तेस्रो स्थानका लागि भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई नौ विकेटले हरायो ।

ओमानले दिएको ८८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६.२ ओभरमा एक विकेटको क्षतिमा ९० रन जोड्दै लक्ष्य पूरा गरेको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले अविजित सर्वाधिक ५५ रन बनाउनुभयो । उहाँले ५३ बलमा तीन चौका दुई छक्का हान्नुभएको थियो । आरिफ शेखले अविजित २१ र ओपनर आशिफ शेखले १३ रन बनाउनुभयो । बलिङमा ओमानका कप्तान जिसान मकसुदले एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ८७ रन बनाएको थियो । ओमानका लागि कप्तान जिसान मकसुदले सर्वाधिक २१ रनब नाउनुभयो । आयन खानले १६, नसिम खुसी १५ र कलिमुल्लाहले १४ रन बनाउनुभयो ।

अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् । ओमानलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिनुभयो । सन्दीपले चार ओभरमा १३ रन खर्चिनुभएको थियो । कमलसिंह ऐरी, अभिनाश बोहरा, आरिफ शेख र सागर ढकालले एक एक विकेट लिनुभयो । उपाधिका लागि बिहीबारनै यूएई र आयरल्यान्डबीच प्रतिस्पर्धा भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter