मौरीपालन व्यवसायमा रमाउँदै सापकोटा

नारद कोहार / तौलिहवा, फागुन १३ गते । दाङका मौरीपालक कृषक भिमप्रसाद सापकोटा यतिबेला मौरी चराउन कपिलबस्तुका विभिन्न क्षेत्रमा पुग्नुहुन्छ । सापकोटा विगत २० वर्षदेखि मौरीपालन व्यवसायमा रमाउँदै आउनुभएको छ । विस बर्ष पहिले दुई घरबाट मौरीपालन शुरु गरेको सापकोटासँग अहिले १ सय ५० घार मौरी छन् । विगत १० वर्षदेखि कपिलबस्तु, नवलपरासी, रुपन्देहीको विभिन्न ठाँउमा मौरी चराउन लग्दैगरेको उहाँको भनाई छ ।

दाङमा मह निकालेपछि विभिन्न जिल्लामा मौरी चराउन जानेगरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “हामीले ६ महिना मौरी चराउन र ६ महिना घरमै बस्नेगरेको छौ ।” मेलिफेरा उन्नत जातको मौरी उहाँले पालेको जानकारी दिनुभयो । यस क्षेत्रमा प्रशस्त मात्रामा मौरीका लागि चरन क्षेत्र भएकाकारण आफुहरु मौरी चराउन आएको दाङका मौरीपालक कृषक सापकोटाले बताउनुभयो । तोरी, च्युरी, फापर, रुदिलो, सिसौ आदिको फुल मौरीको आहाराका लागि आवश्यक हुने उहाँले बताउनुभयो ।

यी र यस्ता वनस्पति र फुलहरु यस क्षेत्रमा पाईने भएकाकारण मौरीपालक कृषकहरु जिल्लाका विभिन्न स्थानहरुमा अहिले मौरी चराउन आकर्षित भएको उहाँको भनाई छ । केही वर्ष अघिसम्म मौरी चरनलाई स्थानीयले अवरोध गरेपनि आजभोलि मौरी चराउन कृषहरुले अप्ठेरो नगरेको उहाँले बताउनुभयो । मौरीको चरनबाट परागसेचनलाई सघाउ पुग्ने भएपछि कृषकहरुले पनि मौरीपालक कृषकलाई सघाउनेगरेको बताउनुभयो ।

एक घारबाट बार्षिक ३० किलोग्रामसम्म मह उत्पादन हुने मौरीपालक कृषकहरुको भनाई छ । सापकोटाले भन्नुभयो, “पुसदेखि शुरु भएको शितलहरका कारण दाङ, नवलपरासीमा मह निकालियो तर कपिलबस्तुमा मह निकल्न बाँकी छ ।” मौरीहरु शित लहरका कारण तोरी बारीमा चर्न नसकेका कारण उल्टै कृत्रिम खाना खुवाउनु परेको सापकोटाले बताउनुभयो ।

कम लगानी र राम्रो प्रतिफलका कारण चितवन, दाङ्ग र सर्लाही लगायतका जिल्लामा कृषकहरुले मौरीपालनलाई मुख्य व्यवसाय बनाएका छन् । बजारमा ६ सयदेखि ७ सय रुपियाँ थोक मुल्य र ७ सयदेखि ८ सय रुपियाँसम्म खुद्रा मुल्यमा मह विक्री हुनेगरेको सापकोटाले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter