प्रतिवेदन तयार हुँदै, हिउँ पग्लिएर पनि माटो बग्ने खतरा छ : विज्ञ

विष्णु पाण्डेय / काठमाडौं, फागुन १३ गते । गत असार १ गते आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा पुर्याएको क्षति र त्यहाँको भौगर्भिक अध्ययन गर्न गएको एडिविको टोलीले त्यहाँको अध्ययन गर्न एक महिना अघि टोली भेमान्थाङ् गएको थियो । उक्त टोलीले त्यहाँको भौगर्भिक अध्ययन गरेर फर्किएको थियो ।

मेलम्ची खानेपाननी आयोजनाले भने यहि चैत्र अन्तिम साता सम्म मेलम्ची नदीको पानी काठमाडौँ ल्याउने भन्दै नदीको मुहानमा सरसफाइ गरिरहेको छ । अध्ययन गर्न गएको टोलीले तयार पारेको प्रतिवेदन सार्वजनिक नहुँदै र मेलम्चीको शिरमा पुन पहिरो जाने नजाने वा कुन रुपमा कस्तो पहिरो जान सक्छ भन्ने कुनै वैज्ञानिक आधार बिनानै मेलम्ची खानेपानी क्षेत्रको मुहान सफाई गर्दा सो क्षेत्रमा फेरि बढी नआउला भन्ने कुनै आधार नभएको भूगर्भविदको भनाइ छ ।

अध्ययन टोलीले बाढीले बगाएको माटोको थिकनेस,अहिले रहेको माटोको अवस्था र भित्रको चट्टानको बारेका अध्ययन गरेर फर्किएको थियो । अहिले उक्त टोलीले सङ्कलन गरेको तथ्याङ्कको प्रतिवेदन तयार गर्ने कार्य भइरहेको टोलीका एक सदस्यले बताउनुभएको छ । उक्त प्रतिवेदन आउन केही समय लाग्ने सदस्यले बताउनुभएको छ ।

सिनियर डिभिजन जियोलोजिस्ट शिव वास्तोलालले भने मेलम्चीको पानी काठमाडौंमा ल्याउने यो प्रयास अस्थायी नै हुने बताउनुभएको छ । उहाँका अनुसार मेलम्चीको माथिल्ले क्षेत्रमा ठूलो बर्षा भए माटोसहितको लेदो मेलम्ची मुहानमै खस्ने भएकाले सरकारले यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभएको छ । भेमाङ्थाङ्मा माथिबाट आएको माटो रोकिएको हुनाले त्यो क्षेत्रमा ठूलो वर्षा हुनेवित्तिकै माटो बग्ने बास्तोला बताउनुहुन्छ ।

मेलम्ची बजारमा बाढीले पुरिएका घरहरू धमाधम सफा गरेर स्थानीयले बासाेबास र व्यबसाय सुरू गरेका छन् । तर विज्ञ भने हिउँदमा हिउँ पग्लिएर पनि लेदाे बग्न सक्ने खतरा रहेकाे बताउँछन् । लेदो बगेर आउने ठाउँ मेलम्ची मुहानमै पर्ने भएकाले जोखिम अझै नटरेको उहाँको भनाइ छ । गर्मी समयमा हिउँ पग्लेर पनि माटो बग्न सक्ने भएकाले पहिरो रोकथाममा नै पहिले सोच्नुपर्ने बास्तोला बताउनुहुन्छ ।

भेमाङ्थाङ् मुनिको पहिरो रोकथाम गर्न सके मेलम्ची खानेपानी आयोजनामा थप क्षति नपुग्ने उहाँको तर्क छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter