२४ घण्टामा १५८ सङ्क्रमित, एकको मृत्यु

काठमाडौं, फागुन १३ गते । पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा तीन हजार १७८ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कुल आठ हजार ६२६ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर २७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ५५५ जना सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा एक जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख २२ हजार ४९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै नेपालमा हाल नौ हजार २८० जना सक्रिय सङ्क्रमित छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter