मेलम्ची बाढीको सात महिना : विस्थापित अझै अस्थायी टहरामा

विष्णु पाण्डेय / काठमाडौं,फागुन १५ गते । गत असार १ गते र साउन १६ गते आएको बाढीका कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका घर खेत ड्वानमा परे । बाढीको पूर्वसूचना पाउन नसक्दा स्थानीयहरुले धेरै धनकोक्षति व्यहोर्नुपर्यो । अचानक आएको बाढीका कारण स्थानीय विस्थापति हुन पुगेका थिए । खाने अन्न र लत्ताकपडा बाढीसँगै बगे । स्थानीयले आफ्नो घरखेत बाढीले बगाएको टुलुटुलु हेर्नुको विकल्प रहेन ।

विस्थापित भएकाहरुलाई तत्कालका लागि सामुदायिक भवन तथा विगतमा भुकम्पका लागि बनाइएका अस्थायी टहरामा राखिएको थियो ।

बाढी आएको सात महिना वित्दा पनि विस्थापितहरु अझै पनि अस्थायी टहरामै बस्न बाध्य रहेका छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार विस्थापतिहरुलाई पुनःस्र्थापित गराउनका लागि गृहकार्य भइरहेको बताउनुभएको छ । उहाँका अनुसार बाढीका कारण मेलम्ची नगरापलिका र हेलम्बु गाउँपालिकामा गरी पाँचसय बढी घर विस्थापित भएका छन् । नगरापलिका र गाउँपालिकाले उपलब्ध गराएको तथ्यांकका आधारमा यी घरपविारलाई आवासको व्यवस्थापनका लागि गृहकार्य भइरहेको उहाँले बताउनुभएको छ ।

विस्थापित भएका मध्ये घर बनाउनका लागि जग्गा जमिन भएका घरपरिवारका लागि पाँच लाख र जग्गा नै नभएकाका लागि भने थप तीन लाख उपलब्ध गराइने प्रजिअ खनालले बताउनुभयो । ‘विस्थापित भएका परिवारका लागि पुनःस्र्थापना गराउनका लागि हामी लागिरहेका छौँ ।सोमबार बस्ने जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले यसको निर्णय गर्छ ’उहाँले भन्नुभयो ‘पहिलेको ठाउँमा स्थायी बस्ती विकास गर्न नसकिने देखिएकाले कुन ठाउँमा बस्ती विकास गर्ने भन्ने निर्णय गर्ने छ ।’

यता मेलम्ची नगरापलिकाले पनि आफ्नो नगरपालिका भित्रका विस्थापित घरपविारको विवरण उपलब्ध गराएको जनाएको छ । नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालका अनुसार विस्थापित परिवालाई पहिले खाध्यान्न र अन्य खर्चका लागि २५,२०,१५ र १० हजारका दरले चार चरणमा राहत उपलब्ध गराएको बताउनुभएको छ । कतिपय नागरिक कोठा भाडामा पनि बसेका कारण उनिहरुको भाडा पनि नगरपालिकाले तिरिदिएको उहाँको भनाइ छ । मेलमची नगरपालिकामा २५२ घरपरिवार विस्थापित भएको उहाँको भनाइ छ ।

मेलम्ची नगरपालिकाले स्थापना गरेको “मेलम्ची बाढी पिडित तथा राहत तथा पुनःस्र्थापना कोष”मा अहिलेसम्म झण्डै पाँच करोड रकम संकलन भएको अर्यालले बताउनुभयो । मेलम्ची नगरपालिका भित्रका विस्थापितका लागि आवासका लागि भौगर्भिक टोलिले दिएको निर्देशनकै आधारमा बस्तीको विकास गरिने उहाँको भनाइ छ । अध्ययन प्रतिवेदन नआइसकेकाले कुन क्षेत्र जोखिम छ,कुन छैन भन्न नसकिने अर्याले बताउनुभयो ।

यता, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गाउँपालिका भित्रका करिब तीन घर विस्थापित भएको बताउनुभएको छ । कतिपय विस्थापित अहिले पनि टहरामै रहेको र कतिपय आसपासका घरमा भाडामा बसिरहेको बताउनुभएको छ । विस्थापित परिवारलाई बर्षा लाग्नुभन्दा अघि नै पुनःस्र्थापित गराउनुपर्ने उहाँले बताउनुभयो । आवास निर्माणको लागि प्रत्येक घरपरिवारलाई पाँच लाखले मात्र नपुग्ने भएकाले त्यसमा थप रकम प्रदेश र केन्द्र सरकारले पनि उपलब्ध गराउनुपर्ने उहाँको तर्क छ । पाँच लाख रकम मध्ये पनि केन्द्र सरकारको ६० ,प्रदेशको २५ र बाँकी १५ प्रतिशत स्थानीय सकरारको रकम रहेको छ ।

स्थानीय सरकारले मात्र बाढीले विस्थापित घरपरिवाको पुनःस्र्थापना गर्न नसक्ने भएकाले प्रदेश र केन्द्र सकारले सहयोग अपरीहार्य रहेको उहाँले बताउनुभयो । बाढीले क्षति पुर्याएको क्षेत्रमा अहिले मानिसहरु माटो हटाएर बसे पनि त्यो क्षेत्रमा स्थायी आवास भने निर्माण नगरिने उहाँ बताउनुहुन्छ । भौभर्गिक टोलीले दिएको निर्देशनका आधारमा विस्थापित परिवारलाई पुनःस्र्थापित गरिने शेर्पाको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter