संसदबाट एमसीसी सम्झौता अनुमोदन, अर्को बैठक बुधबार बस्ने

काठमाडौं, फागुन १५ गते । प्रतिनिधिसभाको दोस्रो बैकले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गर्नुभएको थियो । उक्त व्याख्यात्मक घोषणा प्रस्तावलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ । सभामुख अग्निप्रसाद सापकाेटाले ध्वनिमतका आधारमा पारित भएको घाेषणा गर्नु भएकाे थियो ।

त्यस्तै प्रतिनिधिसभाको अर्को बैठक फागुन १८ गते बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी सम्झौता अनुमोदन गरि बुधबारसम्मको लागि संसद बैठक स्थगित गर्नुभएको हो ।

एमसीसीको व्याख्यात्मक प्रस्ताव सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव पारित

अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को व्याख्यात्मक प्रस्ताव संसदमा प्रस्तुत भएको छ ।

मन्त्रिपरिषदबाट पारित एमसीसीको व्याख्यात्मक प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा पेश गर्नुभएको एमसीसी सम्झौतामाथिको प्रस्तावित व्याख्यात्मक घोषणा सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन् ।

यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले एमसीसीमाथि व्याख्यात्मक प्रस्ताव पारित गरेको थियो ।

सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट पास गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, आइतबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको एमसीसीमाथि सामान्य छलफलको प्रस्ताव बहुमतले पारित भएको थियो ।

सैद्धान्तिक छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीको सामान्य छलफलको प्रस्ताव निर्णायार्थ पेश गर्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter