६५ वर्ष पुगेका पत्रकारलाई अब ‘ज्येष्ठ पत्रकार वृत्ति’

काठमाडौं, फागुन १८ गते। सरकारले ६५ वर्ष पुगेका पत्रकारलाई ज्येष्ठ पत्रकार वृत्ति दिने भएको छ। फागुन ११ गते बसेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव स्तरीय निर्णय भएसँगै अब ज्येष्ठ पत्रकारले ६५ वर्ष पूरा भएपछि वृत्ति पाउने भएका हुन्।

सरकारले ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ अनुसार ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको हो।

नेपाल पत्रकार महासंघको लामो पहलपछि सरकारले ज्येष्ठ पत्रकारलाई ‘ज्येष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको भन्दै नेपाल पत्रकार महासंघले यसको स्वागत गरेको छ। महासंघले पूर्ण कार्यान्वयन हुने विश्वाससमेत व्यक्त गरेको छ।

उक्त निर्णयअनुसार ६५ वर्षदेखि ६९ वर्ष उमेर समूहका जेष्ठ पत्रकारलाई मासिक ५ हजार, ७० देखि ७५ वर्षसम्म मासिक ७ हजार, ७६ देखि ८० वर्षसम्मका जेष्ठ पत्रकारलाई मासिक १० हजार र ८१ वर्षभन्दा बढी उमेर समूहका जेष्ठ पत्रकारलाई मासिक १५ हजारका दरले ‘जेष्ठ पत्रकार वृत्ति’ उपलब्ध गराउने भएको हो।

नेपाल पत्रकार महासंघले विगत लामो समयदेखि ६५ वर्षमाथिका पत्रकारलाई पत्रकार वृत्ति उपलब्ध गराउन सरकारलाई लिखित दबाब र सुझाव दिँदै आएको थियो।

सरकारको निर्णय स्वागतयोग्य भएको महासंघका महासचिव रोशन पुरीले बताउनुभयो। सरकारको निर्णय सार्वजनिक भएपछि विज्ञप्ति सार्वजनिक गर्दै पुरीले यसको स्वागत गर्नुभएको हो। कोष सञ्चालन मापदण्डका कतिपय प्रावधानलाई सरलीकृत गर्नुपर्ने भन्दै महासंघले सरकारको ध्यानाकर्षणसमेत गराएको छ।

‘सरकारको यो निर्णय स्वागत योग्य भए पनि ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ का कतिपय प्रावधान सरलीकृत गर्न जरुरी रहेकोले महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ’, पुरीले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter