विशेष र उच्च अदालतका न्यायाधीशहरूकाे जिम्मेवारी ताेकियाे

काठमाडौं, फागुन १८ गते । फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० निर्णय गरेको छ ।

बुधबार सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्नुभएको हो ।

बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनमा न्यायाधीश श्रीकान्त पौडेल, सदस्यमा उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीश रमेशकुमार पोखरखेल, उच्च दालत विराटनगरका न्यायाधीश यमुना भट्टराई, उच्च अदालत पोखरा, बाग्लुङ इजलासका न्यायाधीश शालिग्राम कोइराला, उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश बलभद्र बास्तोला र उच्च अदालत पाटनका न्यायाधीश खुशीप्रसाद थारुलाई तथा राजश्व न्यायाधीकरण काठमाडौं कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश टेकप्रसाद ढुंगानालाई तोक्ने निर्णय गरेको छ ।

त्यस्तै, खानेपानी महशुल निर्धारण आयोगको अध्यक्ष एवं सदस्य सिफारिस समितिको सदस्य पदमा वाणगंगा नगरपालिका–११, कपिलवस्तुका भुपेन्द्रप्रसाद अर्यालाई नियुक्त गर्ने निर्णय बैठकले गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter