ज्येष्ठ नागरिकले जोगाएको परम्परागत पेसा

कैलाश लामा / दोलखा, फागुन १९ गते । डोको, डालो, थुन्से, नाङ्लो, भकारी, चित्र, घुम लगायतका सामग्री गाउँघरमा चलनचल्तीमा आइरहने सामग्री हुन् । बाँस र निगालोको मसिनो कप्टेरा तथा चोयाबट बनाइने यस्ता सामग्री गाउँघरमा अत्यावश्यक बस्तुभित्र पर्छ । तर, हिजोआज यी सामग्री निर्माण गर्ने मानिसहरू गाउँघरमा कमै मात्रामा पाइन्छ ।

भीमेश्वर नगरपालिका–४ जिलु, सुप्लुङ्गाका भोजबहादुर नगरकोटीले यी सामग्री बुन्न ३७ वर्ष अघि सिक्नुभएको थियो । दैनिक जीवनमा चाहिरहने डोको, डालो, थुन्से २०४२ सालमा चरिकोटस्थित हाटबजारमा एक महिनसम्म धाउँँदा पनि नपाएपछि करिब दुई महिना लगाएर सिकेको उहाँ बताउनुहुन्छ ।

‘त्यस समय सुस्पाको थामी समुदायले चरिकोटको हाटबजारमा बिक्रीवितरण गर्न ल्याउँथे । तर, म हाट पुग्दा अरुले उठाइसक्थे ।’ भोजबहादुरले भन्नुभयो, ‘कृषि पेशमा आफूलाई चाहिरहने सामग्री हाटबजारमा नपाएपछि कात्तिक र मंसिरसम्म किनेर ल्याएको डोको हेर्दै सिके र पुसदेखि त राम्रैसँग डोको बुन्न था ।’

६३ वर्षीय नगरकोटीले अहिले डोको, थुन्से, भकारी लगायतको धेरै सामग्री निर्माण गरि बिक्री वितरण गर्दै आउनुभएको छ । गाउँमा यस्ता सामग्री बनाउनेहरु कम रहेकाले माग उच्च छ ।

गाउँघरमा घाँसदाउरा, मल, अन्न तथा फलफुल बोक्न डोको र थुन्सेको माग बढिरहेको उहाँले बताउनुभयो ।

डोको दिनमा दुई वटासम्म र थुन्से तथा भकारी एउटा निर्माण गर्न सकिने उहाँले बताउनुभयो । डोको हाल बजारमा चार सय, थुन्से तीन सय र भकारी आठ सय रुपियाँसम्म बिक्री हुने गर्छ ।

वडा नम्बर–४ जिलु, डाँडागाउँका ७६ वर्षीय अक्कलबहादुर कुमालले पनि लामो समयदेखि डोको, थुन्से निर्माण गर्दै आउनुभएको छ । घरायसी प्रयोजन र नजिकको छिमेकीको लागि मात्रै डोको, थुन्से निर्माण गर्ने गरेको बताउँदै उहाँले भन्नुभयो, ‘यस्तो काम युवाहरुले नजानेको र सिक्ने प्रयास नगरेकोले चिन्ता बढेको छ ।’

यी सामग्रीहरुको माग उच्च रहेको र निर्माणपछि राम्रै आम्दानी हुने भए पनि युवाहरुले यो काममा चासो दिएको पाइँदैन । करिब एक हजार घरधुरी रहेको जिल्ला कृषि तथा पशुपालनको मुख्य केन्द्र भए पनि कृषि कर्मका लागि अत्यावश्यक सामग्री निर्माणमा कसैले पनि चासो दिएका छैनन् ।

वडा नम्बर–४ का वडा अध्यक्ष हरिवंश चौलागाईंले भने कृषिसँग सम्बन्धित सबै कार्यमा सहयोग गरेको भए पनि यस काममा जनसमुदायको चासो नभएकोले छुट्टिएको बताउनुभयो । उहाँले आगामी दिनमा यस्ता सामग्री निर्माण गर्न तालिम सञ्चालन गर्ने प्रतिबद्धता गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter