नेपालमा हुने अन्धोपनमध्ये पाँच प्रतिशत जलबिन्दुबाट हुने गर्छ

काठमाडौँ, २५ फागुन । विश्वभरमै दृष्टिविहीन गराउने प्रमुख रोगमध्ये यो दोदोस्राेमा पर्दछ । आँखाको गेडीभित्र मध्यभागमा एक प्रकारको पानी जस्तो तरल पदार्थ (एकयुस ह्युमर) उत्पन्न भइरहन्छ । यदि एक्युसको उत्पादन मात्रा बढी भयो वा प्रवाह तथा निकास मार्गमा कुनै अवरोध भएका निकास हुन नसकेको तरल पर्दाथ आँखाको गेडीभित्र नै थुनिएर आँखा भित्रको चापमा वृद्धि भएर जलबिन्दु रोग लाग्ने तिलगङ्गा आँखा प्रतिष्ठानको जलबिन्दु युनिटका प्रमुुख तथा जलबिन्दु विशेषज्ञ डा. इन्दिरा पौडेलले बताउनुभयो ।

नेपालमा सन् २०११ मा गरिएको यापिड एसेसमेन्ट ‘अनएभ्वाइडेबल ब्लाइन्डनेश सर्भे’का अनुसार कुल अन्धोपनमध्ये पाँच प्रतिशत जलबिन्दुको कारणले हुने गरेको देखाएको छ । यदि समयमै यसको पहिचान भएर उपचार गर्न सकेमा रोकथाम गर्न सकिने चिकित्सक बताउँछन् । ढिलो भएका दृष्टि नै गुम्ने सम्भावना रहन्छ । त्यसैले समयमै जाँच तथा परीक्षण गर्नुपर्दछ ।

४० वर्ष माथिको उमेर समूहमा प्रत्येक २०० जनामध्ये एक जनालाई जलबिन्दु हुन्छ । त्यस्तै ८० वर्षको उमेरभित्रमा प्रत्येक ८ जनालाई हुने गर्दछ । वृद्ध, महिला र अल्पसङ्ख्यक समूह यसको बढी जोखिममा छन् । परिवारमा कसैलाई जलबिन्दु छ भने वंशानुगत रुपमा परिवारको सदस्यलाई हुने सम्भावना अधिक हुन्छ ।

सन् २०४० सम्म ११ करोडलाई हुने अनुमान

विश्वमा सन् २०४० सम्म ११ करोड १८ लाखलाई जलबिन्दु हुने अनुमान गरिएको छ । हाल ९० प्रतिशत पत्ता नलागेको अवस्थामा रहेको छ । एक अर्ब जनसङ्ख्या आँखा स्वास्थ्य सेवाको पहुँच बाहिर छन् । अन्तर्राष्ट्रिय रुपमा १२ मार्चलाई विश्व जलबिन्दु दिवसको रुपमा मनाइन्छ भने मार्चको दोस्राे सातालाई जलबिन्दु सप्ताहको रुपमा मनाइन्छ ।जलबिन्दुबारे जनचेतना जोगाउन तिलगङ्गा आँखा प्रतिष्ठानमा २० औँ जलबिन्दु सचेतना सप्ताह सुरु भएको छ । ‘सुन्दर संसार हेर्नको निम्ति आफ्नो दृष्टि जोगाउनुहोस्’ भन्ने नाराका साथ प्रतिष्ठान अन्तर्गतको नेपाल जलबिन्दु आँखा क्लिनिकले आइतबारबाट २० औँ जलबिन्दु सचेतना सप्ताह सुरु गरेको हो ।

यो सप्ताह फागुन २८ गतेसम्म चल्ने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार सप्ताहमा देशका विभिन्न भागबाट आएका आँखाका बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण र जलबिन्दुसम्बन्धी विभिन्न जानकारी तथा परामर्श प्रदान गरिनेछ बताइएको छ ।

जलबिन्दुको बिरामीले कम्तीमा ६–६ महिनामा जाँच गुर्नपर्ने हुन्छ । अशक्त तथा आर्थिक अवस्थाकोे कारणले गर्दा उपचारबाट वञ्चित हुनुपरेका बिरामीहरुको प्रतिष्ठानकै जलविन्द सपोर्ट गुरुपले निःशुल्क जाँच तथा उपचार गर्ने गरेको प्रतिष्ठानले उल्लेख गरेको छ ।

जलबिन्दु हुनुको कारण

डा. पौडेलका अनुसार यो रोग विशेष गरेर परिवारमा कसैलाई जलबिन्दु छ भने वंशाणुगत रुपमा, ४० वर्ष उमेरभन्दा माथिकालाई, बढी पावर र माइनस पावर भएकोलाई, आँखामा चोट लागेको छ भने त्यस्ता व्यक्तिलाई जलबिन्दुको खतरा हुन सक्छ । धेरै लक्षण नहुने र सुटुक्क थाहा नै नदिई दृष्टि चोरेर लाने भएर यसलाई ‘दृष्टिको मौन चोर’ पनि भन्ने गरिन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter