मुलुक छिट्टै विकसित मुलुकमा स्तरोन्‍नति हुँदैछ : प्रधानमन्त्री देउवा

दिपकप्रसाद गौतम /वीरगञ्ज, फागुन २६ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक छिट्टै नै अतिकम विकसित मुलुकबाट विकसित मुलुकमा स्तरोन्नति हुन गइरहेको बताउनुभएको छ। उद्यम क्षेत्रको विकास र विस्तारका लागि तीनै तहका सरकारले एक आपसमा समन्वय गरेर प्रभावकारी योजनाका साथ कार्य गर्न जरुरी रहेको उहाँको भनाइ छ।

बिहीबार वीरगञ्जमा नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय अधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो।

साना तथा मझौला उद्योगको प्रर्वद्धनका लागि सरकारले छिट्टै नै नयाँ संस्थागत संरचना सहितको विशेष कार्यक्रम कार्यान्वयन गर्न लागेको समेत खुलासा गर्नुभयो। मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन घरेलु तथा साना उद्योगको थप विस्तार र स्तरोन्नति गर्न आवश्यक रहेको उहाँको भनाइ छ। उहाँले विश्व बजारमा यो एउटा अवसर रहेकाले शिक्षित युवालाई यस क्षेत्रबाट अपेक्षित लाभ उठाउन आग्रह गर्नुभयो।

उपभोग गर्ने वस्तु तथा सेवा विदेशबाट आयात भइरहेकाले मुलुकमा औधोगिकरण र आत्मनिर्भर अर्थतन्त्रको विकासमा चुनौती सिर्जना गरेको उहाँको भनाइ छ। मुलुकभित्रै स्थानीय श्रोत र साधनको परिचालनबाट हाम्रो दैनिक आवश्यकताका वस्तु तथा सेवाको उत्पादन गर्नमा सबैले जोड दिनु पर्ने उहाँको भनाइ छ।

कोभिड–१९ बाट प्रभावित र कमजोर भएको अर्थतन्त्रलाई पुनरुत्थान गर्न समग्र औद्योगिक उत्पादनमा वृद्धि गरेर निर्यात प्रबद्र्धनमा जोड दिनुभएको छ। महासंघमा आबद्ध सबै उद्यमी व्यवसायीलाई बन्द भएका उद्यम व्यवसायलाई सुचारु गरेर मुलुकको अर्थतन्त्रलाई पुर्नजीवन दिन आग्रह गर्दै उहाँले सरकारले थप राहत, छुट र सहुलियतका कार्यक्रम कार्यान्वयन गर्ने बताउनुभयो।

सरकारले लघु, घरेलु तथा साना उद्योगको विकासको लागि विभिन्न सहुलियत र सुविधाको व्यवस्था गरेको प्रधानमन्त्री देउवाले बताउनुभयो। कृषिजन्य उद्यमको विकासका लागि विभिन्न योजनाहरु ल्याएकाले यसको समुचित उपयोग गर्दै दिगो विकासका लागि जुट्न उहाँले सबै उद्यमी व्यवसायीलाई आग्रह गर्नुभयो।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरी, वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगी, मधेस प्रदेशका खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्माले व्यवसायीका कठिनाई र समस्याका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो।

कार्यक्रममा खानेपानी मन्त्री उमाकान्त चौधरी, नेपाल घरेलु तथा साना उद्योग महासंघ, प्रदेश १ अध्यक्ष शिवा उपाध्याय लगायतले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो। वीरगञ्जको महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै २७ गते सम्पन्न हुने नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहले बताउनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter