थप ७७ जना सङ्क्रमित, मृत्यु शून्य

काठमाडौं, फागुन २६ गते । पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छ हजार ८०१ जनाको पीसीआर परीक्षण गर्दा ७७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा दुई हजार ५२७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार नौ हजार ३२८ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर ११२ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ४२९ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९८.२प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको जनाएको छ । मङ्गलबारसम्म मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४९ पुगेको थियो ।

पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख २९ हजार २८५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै नेपालमा हाल पाँच हजार ३४० जना सक्रिय सङ्क्रमित छन् ।

नेपाल प्रवेश गर्दा खोप कार्ड देखाए पुग्ने

हवाइ वा स्थल मार्गबाट नेपाल आउने यात्रुले पूर्ण मात्रा खोप लगाएको कार्ड मात्र देखाए पुग्ने भएको । यस अघि यात्रको ७२ घण्टा अगाडि पीसीआर टेस्टबाट कोभिड -१९ नेगेटिभ भएका यात्रुले मात्र नेपाल प्रवेश पाउने व्यबस्था थियो ।

तर खोप नलगाएका यात्रुले भने ७२ घण्टा अगाडि कोभिड -१९ नेगेटिभ आएको रिर्पाेट देखाउनु पर्ने व्यबस्था गरेको अध्यागमन विभागले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter