प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री एस जयशंकरको भेट

काठमाडौं, चैत १८ गते। भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

नयाँ दिल्लीको चाणक्यपुरीस्थित होटल आईटीसीमा विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्नुभएको हो। प्रधानमन्त्री देउवा साेही होटलमा बस्नुभएको छ।

विदेशमन्त्री जयशंकरसँगको भेटपछि प्रधानमन्त्री देउवा भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालय पुग्नुभएको छ।

भ्रमणको दोस्रो दिन शनिबार प्रधानमन्त्री देउवाले महात्मा गान्धीको समाधिस्थलमा फूलगुच्छा अपर्ण गर्ने कार्यक्रम रहेका छ। उक्त कार्यक्रमपछि औपचारिक समारोह र कार्यक्रमका लागि प्रधानमन्त्री देउवा हैदरावाद हाउस पुग्नुहुने छ। त्यहाँ भारतीय समकक्षी नरेन्द्र मोदीसँगको छुट्टै भेटघाट र प्रतिनिधिमण्डलको दुई पक्षीय वार्ता हुनेछ ।

त्यस्तै, शनिबारै प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोलीले संयुक्त रुपमा धनुषको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि ‘फ्लाग अफ’ गरी यसको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter