घोराहीमा जैविक फोहोरबाट ग्याँस उत्पादन सुरु

गोकर्ण पौडेल / तुलसीपुर, चैत १९ गते । घोराही उपमहानगरपालिका १७ करौतिडाँडामा जैविक (गल्ने) फोहोरबाट ग्याँस उत्पादन कार्यक्रमको शनिबार औपचारिक रुपमा उदघाटन गरिएको छ । दुई बिघा १२ कठ्ठा जग्गामा निर्माण गरिएको संरचनाबाट ग्याँस उत्पादन कार्यको नगरप्रमुख नरुलाल चौधरीले उदघाटन गर्नुभयो ।

ग्याँस उत्पादनका लागि २०७४ बाट प्रक्रिया सुरु गरिएको थियो । २०७७ सालबाट उद्योग स्थापना गरेर संरचना निर्माणको काम सुरु भएको थियो । उत्पादन केन्द्रका शाखा प्रबन्धक हरिशरण श्रेष्ठले करिब २४ करोड रुपियाँको लागतमा संरचना निर्माण गरिएको जानकारी दिनुभयो । उत्पादित ग्याँसलाई सिलिन्डरमा राखेर उपभोक्ता समक्ष पु¥याइने योजना भएपनि पछि पाइप लाइनबाटै घर–घरमा ग्याँस लग्ने कामको सुरुवात गरिएको हो ।

बायो ग्याँसबाट उत्पादन गरिएको ग्याँस पाइपमार्फत घोराही उपमहानगरपालिका १०, नारायणपुर र वडा १६ सर्रा क्षेत्रमा वितरण गरिने बताइएको छ । उत्पादित ग्याँस प्रारम्भिक चरणमा सातसय ५० घरधुरीमा पाइपलाइन मार्फत् घर–घरमा पु¥याइने बताइएको छ । संरचनाको क्षमता भने १५ सय घरघुरीमा बायोग्याँस पठाउने रहेको छ ।

केन्द्रका प्रबन्धक हरिशरण श्रेष्ठकाअनुसार पाइपलाइन बिस्तारको काम सकिए लगत्तै परीक्षणका रुपमा एकसय ५० घरधुरीमा आगामी वैशाख महिना भित्रै पाइपलाइन मार्फत ग्याँस जडान गरिने भनिएको छ । घोराही उपमहानगरपालिकाले बायोग्याँस संरचना निर्माणका लागि अनुदानमा संघीय सरकारबाट ४० प्रतिशत रकम प्राप्त गरेको थियो । नेपाल उर्जा विकास कम्पनि प्रालिको ६० प्रतिशत लगानी रहेको छ ।

नगरप्रमुख चौधरीले निर्वाचित हुँदादेखि नै बजार क्षेत्रमा सड्ने फोहोर व्यवस्थापनका बारेमा बनाएको योजनाले सार्थकता पाएको बताउनुभयो । निर्माण गरिएको संरचनाबाट २० वर्षसम्म नेपाल उर्जा विकास कम्पनि प्रालि मार्फत सञ्चालन हुने बताइएको छ । त्यसपछि उक्त संरचना उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम छ । २० वर्षसम्म आम्दानीको पाँच प्रतिशत रकम पालिकालाई उपलब्ध गराइने सम्झौता गरिएको छ ।

प्रशोधन केन्द्रमा ग्याँस उत्पादनका लागि दैनिक २५ टन जैविक फोहोर आवश्यक पर्ने भए तापनि अहिले घोराही उपमहानगरपालिका भित्रबाट दैनिक सातसय केजी जैविक फोहोर सङ्कलन हुने गरेको उपमहानगरपालिकाले बताएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter