तीन दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री देउवा स्वदेश फिर्ता; वाराणसीमा नेपालले बनाउन लागेकाे वृद्धाश्रम शिलान्यास

काठमाडौं, चैत २० गते । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मुलुक भारतको तीन दिने भ्रमण पश्चात् आइतबार साँझ काठमाडौं आइपुग्नुभएको छ । आज अपरान्ह भारतको धार्मिक नगरी वराणसी पुग्नुभएको प्रधानमन्त्री देउवाको टोली नयाँ दिल्ली हुँदै काठमाडौं आइपुग्नुभएको हो । उहाँलाइ विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँड लगायतका पदाधिकारीले स्वागत गर्नु भएकाे थियाे

प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणा देउवासहितको नेपाली प्रतिनिधि मण्डल चैत १८ गते शुक्रबार औपचारिक भ्रमणका लागि भारत जानुभएको थियो । चैत १९ गते शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग उहाँले भेट गर्नुभयो भने नेपालका तर्फबाट मोदीलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिइएको छ ।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्री पम्फा भुषाल, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादव, मुख्यसचिव शङ्करदास बैरागी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवा, परराष्ट्र सचिव भरतराज पौड्यालगायत सहभागी हुनुभएको थियो ।

प्रम देउवाद्वारा वाराणसीमा नेपालले बनाउन लागेकाे वृद्धाश्रम शिलान्यास

भारतको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गर्नुभयो। अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थिति थियो।

नेपाल सरकारले वृद्धाश्रमका निम्ति एक करोड विनियोजन गरेको छ। यद्यपि, भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ। नेपालबाट तीर्थयात्रामा यहाँ आउनेहरुका लागि उक्त वृद्धाश्रम निर्माण गर्न लागिएको हो। उक्त भवनमा ३५ कोठा रहनेछन्।

भवन नेपाली शैलीको हुने जनाइएको छ। पुरातत्व विभागले भवनको नक्साङ्कनको काम गरिरहेको छ। यसैबीच प्रधानमन्त्री देउवाको सम्मानमा मुख्यमन्त्री आदित्यनाथले आइतबार दिवाभोजको आयोजना गर्नुभयो। त्यसअघि उहाँहरुबीच पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो। रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter