श्रम स्वीकृति लिने बढे, पुरानै लयमा फर्कँदै वैदेशिक रोजगार

विष्णु पाण्डेय / काठमाडौँ, चैत २१ गते । कोरोना महामारीले थलिएको वैदैशिक रोजगार यस वर्ष तङ्ग्रिएको छ । २०७८ साल सुरु भएयताको ११ महिनामा वैदेशिक रोजगारमा जान साढे चार लाखभन्दा बढीले श्रम स्वीकृति लिएका छन् ।

विभागले २०७८ वैशाखदेखि फागुन मसान्तसम्मको अवधिमा उनीहरुलाई अन्तिम श्रम स्वीकृति प्रदान गरेको जनाएको छ । ‘कोरोना महामारी मत्थर हुँदै गएपछि वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या पहिलेकै अवस्थामा पुगेको छ,’ वैदेशिक रोजगार विभागमा सूचना अधिकारी कृष्णप्रसाद भुषालले भन्नुभयो । उहाँकाअनुसार पछिलो ११ महिनामा कुल चार लाख ५४ हजार ७० जनाले विभागबाट श्रम स्वीकृति लिइसकेका छन् ।

सो समयमा औसतमा प्रत्येक महिना ४१ हजार २८० जनाले श्रम स्वीकृति लिएको देखिन्छ । अहिलेकै गतिमा श्रम स्वीकृति लिनेको सङ्ख्या बाँकी एक महिनामा पनि बढ्यो । यो वर्ष करिब पाँच लाख जना वैदेशिक रोजगारमा जाने देखिन्छ ।

विभागका अनुसार २०७८ सुरु भएपछि वैशाखमा २४ हजार ३६३, जेठमा चार हजार ८६, असारमा २० हजार ६५८, साउनमा २५ हजार ४२८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६७१, कात्तिकमा ५४ हजार ९१८, मंसिरमा ७४ हजार ३५४, पुसमा ६६ हजार ६२५ , माघमा ५४ हजार ४७० र फागुन महिनामा ५३ हजार ४५७ ले श्रम स्वीकृति लिएका छन् ।

विश्वमा कोरोना महामारी सुरु भएपछि वैदेशिक रोजगार क्षेत्रमा असर गरेको थियो । महामारीका कारण वैदेशिक रोजगारमा जानेको सङ्ख्यामा ठूलो गिरावट आएको थियो । तर, अहिले कोरोना सङ्क्रमण दर मत्थर हँुदै जान लागेपछि नेपाली कामदारको माग बढेको छ ।

कोरोनाका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भएपछि आर्थिक वर्ष २०७७र७८ मा श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ६६ हजार ६९९ मा झरेको थियो । यो भन्दा अघिल्लो आर्थिक वर्ष २०७६र७७ मा श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ६८ हजार ४३४ रहेको थियो ।

यस वर्ष भने स्वीकृति लिनेको सङ्ख्या पुरानै अवस्थामा फर्केको छ । ‘कोरोना खोपका कारण विश्वास बढ्यो र बजार खुल्यो । यसैले वैदेशिक रोजगारलाई फेरि पुरानै अवस्थामा फर्काउन मद्दत गर्यो,’ विभागका सूचना अधिकारी भुषालले भन्नुभयो ।

अघिल्ला वर्षमा कोरोनाका कारण वैदेशिक रोजगारमा जानेको सङ्ख्या घट्दा यसले नेपाल भित्रिने रेमिट्यान्समा असर गरेको छ । अहिले नेपाल भित्रिने रेमिट्यान्स घटेको छ । यसले नेपालको अर्थतन्त्रमा पनि प्रभाव पारेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८र७९ को साउनदेखि पुससम्मको ६ महिनाको अवधिममा नेपालमा विभिन्न देशबाट पाँच खर्ब ४० अर्ब १२ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष नेपाल भित्रिने रेमिट्यान्स पाँच प्रतिशतले घटेको छ ।

यस वर्ष वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढेको छ । यसले पुनः नेपाल भित्रिने रेमिट्यान्स बढाउने विश्वास गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter