प्रधानमन्त्री देउवाद्वारा चोभार सुक्खा बन्दरगाहको उद्घाटन

काठमाडौं, चैत २२ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुक्खा बन्दरगाहको उद्घाटन गर्नुभएको छ । मंगलबार प्रधानमन्त्री देउवाले औपचारिक रुपमा बन्दरगाह उद्घाटन गर्नुभएको हो ।

वीरगञ्जबाट आएको मालबाहक ट्रकलाई प्रवेश गराएर आजदेखि बन्दरगाह सञ्चालनमा ल्याइएको छ । बन्दरगाह सञ्चालनमा आएपछि अब व्यवसायीले आयात गरेको वस्तु बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गराउन पाउने छन् ।

चोभारमा सुख्खा बन्दरगाहको समुद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यसले मुलुकमा आयातनिर्यातको व्यापारलाई सहज गर्ने बताउनुभएको छ । व्यापारको लागत घटाउन, आयात निर्यातमा सहयोग पुर्‍याउन सक्ने र काठमाडौंबाट हुने वस्तु तथा सेवाको व्यापार थप सहजीकरण गर्ने प्रधानमन्त्री देउवाले बताउनुभयो ।

‘यो सुख्खा बन्दरगाहा सञ्चालनमा आएपश्चात् छिमेकी मुलुक र अन्तर्राष्ट्रिय व्यापारको हबको रुपमा विकास गर्न कोशेढुंगाको रुपमा लिएको छु । यस प्रकारका पूर्वाधारको विकासमा मद्दत पुग्नेमा दुइमत छैन,’ उहाँले भन्नुभयो ।

यस कुरालाई आत्मसात् गरी नेपाल सरकारले मुलुकका विभिन्न ठाउँमा सुख्खा बन्दरगाह निर्माण गरिने विषय प्राथमिकतामा रहेको पनि उहाँले बताउनुभयो ।

देशमा औद्योगिक विकास, रोजगारीको सिर्जना, अर्थतन्त्रको पुर्नस्थापनाका लागि विकासको वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि नीतिगत संरचना एवम् प्रशासकीय विभिन्न कार्यक्रमहरु पनि कार्यान्वयनमा ल्याइएको उहाँले बताउनुभयो ।

देशको व्यापार घाटा कम गर्ने प्रतिस्पर्धाको क्षेत्रमा स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनशील क्षेत्रमा जोड दिनुपर्ने उहाँको भनाइ छ । यससँगै नेपालमा रेलको आवश्यकता रहेको तर यसका लागि धेरै खर्च लाग्ने हुँदा दातृ राष्ट्रसँग सस्तो ब्याजदरमा ऋणमार्फत यो प्रक्रिया अगाडि बढ्नुपर्ने पनि उहाँले बताउनुभयो ।

नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाअन्तर्गत चोभारको दुई सय २८ रोपनी क्षेत्रफलमा सुक्खा बन्दरगाह निर्माण भएको छ । २०७५ माघ ३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दरगाह निर्माणको शिलान्यास गर्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter