पर्यटक आगमन बढ्दै, शरद ऋतुबाट पुरानै अवस्थामा फर्कने सम्भावना

छेटु शेर्पा / काठमाडौं, चैत २२ गते । यस महिना कोरोना महामारीपछिकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । मार्च महिनामा मात्र ४२ हजार छ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागले तथ्याङ्क सार्वजनिक गरेको छ । यो तथ्याङ्क गतवर्षको तुलनामा १८०.४७ प्रतिशतले वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । गतवर्षको मार्च महिनामा १४ हजार ९७७ जना मात्र पर्यटन नेपाल भित्रिएका थिए ।

नेपाल भित्रिने पर्यटकमध् सबैभन्दा धेरै ४२.०४ प्रतिशत सार्क मुलुकबाट रहेको छ भने युरोपबाट २६.८५ प्रतिशत र एसियाबाट ४.१८ प्रतिशत रहेका छन् । मार्च महिनामा धेरै पर्यटक आउने देशहरु मध्ये युकेबाट ९.५९ प्रतिशत चार हजार २९ जना, अमेरिकाबाट ११.६६ प्रतिशत अर्थात चार हजार ८९६ जना, अष्ट्रेलिया ३.४४ प्रतिशत एक हजार ४४४ जना, जर्मनबाट ४.३३ प्रतिशत एक हजार ११७ जना र फ्रान्सबाट ३.८७ प्रतिशत एक हजार ६२५ छन् ।

सन् २०२० को मार्च महिनामा भने ४२ हजार ७७६ पर्यटक भ्रमणका लागि आएका थिए । कोरोना महामारीअघि सन् २०१९ को मार्च महिनामा मात्र एक लाख २७ हजार ३५१ जना पर्यटक भ्रमणका लागि आएका थिए । हाल पर्वतारोहणको सिजन सुरू भएकोले हिमाल चढ्ने र पदयात्रामा जाने पर्यटक नेपाल आगमन उत्साहजनक देखिएको बोर्डका प्रवक्ता मणि लामिछाने बतानुभयो । पर्यटन क्षेत्र चलायमान हुन थालेको र आउने शरददेखि पुरानै अवस्थामा फर्कने अवस्था देखिएको उहाँले बताउनुभयो ।

सङ्घीय सरकारले समेत पर्यटन क्षेत्रलाई सुधार गर्न रिकभरी योजना बनाएर अघि बढ्ने तयारी थालेको जनाएको छ । स्थानीय र प्रदेश सरकारसँग छलफल गरी प्रचारप्रसारका गतिविधिलाई अघि बढाउनुका साथै विदेशबाट नेपाल आउन वायूसेवा कम्पनीहरुलाई पुरानै अवस्थामा नियमित उडान तालिकाहरु राखेर सहयोग गर्न मन्त्रालयले अनुरोध गरी पर्यटकको सहजतामा केन्द्रित भएर काम अघि बढाएको मन्त्रालयका पर्यटन महाशाखाका प्रमुख सहसचिव होमप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter