स्याउको बोटमा ढकमक्क फूल फुल्दा मुस्ताङका कृषक उत्साहित

अमृतप्रसाद पौडेल / बेनी, चैत २३ गते । स्याउको राजधानीको रुपमा परिचित हिमालपारीको जिल्ला मुस्ताङका प्रायः सबै क्षेत्रमा स्याउको बोटमा ढकमक्क फूलखेल्दा कृषकहरु उत्साहित भएका छन् । स्याउलगायतका फलफूलको फूल खेल्ने समय भएकाले अहिले स्याउ बगैचामा भएका स्याउको विरुवामा फूल ढकमक्क भएको हो ।

यस वर्ष हिमपात राम्रो भएकाले मल तथा चिस्यान पनि राम्रोसँग पुगेको किसानहरुको भनाई छ । स्याउको बोटमा ढकमक्क फुल फुलेको शितोष्ण बागवानी फर्म मार्फाका निमित्त प्रमुख पद्मराज आत्रेयले बताउनुभयो । विगतको तुलनामा राम्रोसँग फूल फुलेकाले परागसेसन राम्रो हुने अपेक्षा गरिएको आत्रेयले बताउनुभयो ।

विगत वर्षभन्दा यो वर्ष उत्पादन बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । “चिस्यान र चिलिङ आवर यस वर्ष राम्रोसँग पुगेका कारण अहिले उत्पादन बढ्नेमा हामी ढुक्क हुनसक्छौं” आत्रेयले भन्नुभयो । परागशेसन राम्रो भयो भने उत्पादन पनि उल्लेख्य हुने अपेक्षा गरिएको मार्फाका स्याउ कृषक दिपक लालचनले बताउनुभयो ।

लालचनले थप्नुभयो, “यस वर्ष सिंचाइ गर्ने समयमा दुई पटकसम्म हिमपात भएकाले पनि स्याउको फूल राम्रो खेलेको होला ।” केहि समयअघि परेको हिउँ अग्ला डाँडामा कायम रहने हुँदा पछि पनि सिंचाइका लागि हिउँ पग्लेर सिंचाईमा प्रयोग हुने उहाँले बताउनुभयो ।

दिउँसोमा राम्रो घाम लागिरहेको र मौसम खुला हुनेगरेकाले पनि स्याउको उत्पादन बढ्ने कृषकको अपेक्षा छ । दिउँसोमा घाम राम्रो लाग्दा माहुरीलगायतमा पराशेषनका लागि मद्दत पुग्ने, कीराको आगमन बढी हुने हुँदा त्यसले उत्पादन बढ्ने अपेक्षा गरिएको कृषकको भनाई छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter