राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित

काठमाडौं, चैत २५ गते। सरकारले नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीलाई केन्द्रीय बैंकको उद्देश्यअनुसार तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै निलम्बन गरेको छ। गभर्नर अधिकारीलाई बिहीबार निलम्बनको पत्र बुझाएर अर्थमन्त्रालयले डेपुटी गभर्नर नीलम ढुङ्गानालाई निमित्त गभर्नरको जिम्मेवारी तोकेको हो।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्र बैैंकको संवेदनशील सूचना चुहाएकाले गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेसँगै उहाँ स्वतः निलम्बनमा पर्नुभएको मन्त्रिपरिषद्का एकजना सदस्यले बताउनुभयो।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यी जाँचबुझ समिति गठन भइसकेको उहाँले बताउनुभयो। राष्ट्र बैंकका एकजना उच्च अधिकारीले पनि गभर्नर अधिकारी निलम्बनमा पर्नुभएको र उहाँको जिम्मेवारी डेपुटी गभर्नर ढुंगानालाई दिइएको पुष्टि गरेका छन्। रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter