रूससहित ४२ देशका आरोहीले सगरमाथा आरोहण गर्ने

काठमाडौं, चैत २६ गते । यस वसन्त मौसममा रूससहित ४२ देशका २०४ जना आरोहीले सगरमाथाको आरोहण गर्ने भएको छ । पर्यटन विभागले दिएको जानकारी अनुसार रूस गणतन्त्रका १४ जनासहितको २०४ जनाको टोलीले सगरमाथाको आरोहण अनुमति लिएको हाे।

यी मध्ये धेरै आरोही रहेका देशहरुमा अमेरिका ५१ जना, बेलायत २५ जना, भारत १५ जना, क्यानडा ११, नेपालका ११ जना, अष्ट्रेलियाका १० जना र चीनबाट नौ जना आरोही छन् ।

आरोही मध्ये ४६ जना महिला र १५८ जना पुरुष छन् । कोरोना महामारीपछि संख्यात्मक रुपमा कम भए पनि धेरै देशबाट आरोहीको सहभागिता छ ।

सगरमाथा बाहेक १७ हिमालमा ३०१ आरोही

यस वर्ष सगरमाथा बाहेक १७ वटा हिमाल आरोहणका लागि ३०१ जना आरोहीले पर्यटन विभागबाट अनुमति लिएका छन् । विभागले जारी गरेको सूचनाअनुसार यीमध्ये आठ हजार मिटरदेखि छ हजार मिटरसम्मका छन् ।

यी मध्ये ३८ वटा आरोहणदलबाट कञ्चनजंगा, ल्होत्से, नुप्से, धौलागिरि, धौलागिरि एक, आमादब्लमलगायत गरी १७ हिमाल आरोहण गर्ने भएका छन् । सगरमाथासहित यस महिना १८ वटा हिमाल आरोहण हुने पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसिले जानकारी दिनुभयो ।

विभागले आरोहण रोयल्टी शुल्क बापत २९ करोड ७४ लाख ३४ हजार रुपियाँ राजश्व समेत संकलन गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter