हेली कम्पनीलाई सगरमाथा निकुञ्जको अल्टिमेटम

सन्तोष राउत / सोलुखुम्बु, चैत ३० गते । सगरमाथा राष्ट्रिय निकुञ्जले बेरुजु फछ्र्यौट गर्न हेलिकप्टर कम्पनीलाई १५ दिने अल्टिमेटम दिएको छ । यसअघि निकुञ्ज क्षेत्रमा उडान र अवतरणमा रोक लगाउने निर्णय गरिएकोमा निकुञ्जले चैत २९ गते हेलिकोप्टर कम्पनीलाई सो अल्टिमेटम दिएको हो ।

तोकिएको समयावधिभित्रमा बेरुजु फछ्र्यौट नभएमा उडान अवतरणमा रोक लगाउने सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिनुभयो । यसअघि बेरुजु रकमबारे अध्ययन गर्न गठित छानविन समितिका संयोजक मनोजकुमार मण्डलले पेश गर्नुभएको प्रतिवेदनलाई आधार बनाएर १५ दिने अल्टिमेटम दिएको बताउनुभयो ।

पटक पटक ताकेता गर्दासम्म ११ वटा हेलिकप्टर कम्पनीले उडान अवतरणको बेरुजु रकम फछ्र्यौट गर्न तदारुकता नदेखाएपछि जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाईको बैठकले उडान अवतरणमा रोक लगाउने निर्णय गरिएको थियो । निकुञ्जले सिम्रिक एयर, कैलास, मनाङ, माउण्टेन, फिस्टेल, हेलि एभरेष्ट, डाईनेष्टि अल्टिच्यिुड, प्रभु, श्री एयरलाईन्सलाई राजश्व दाखिला गर्न अन्तिम पटक पत्राचार गरेको छ ।

कैलाश एयरले आ.व. २०७५–७६ कै आठ लाख ६१ हजार रुपियाँ बुझाउन बाँकी रहेको छ । त्यस्तै, सिम्रिकको १८ लाख ३ हजार, एभरेस्ट हेलिको १३ लाख ८६ हजार, माउन्टेनले सात लाख ४१ हजार र एयर डाइनेस्टीले सात लाख २९ हजार बुझाउन बाँकी रहेको निकुञ्जको तथ्याङ्क छ ।

अन्य सात कम्पनीहरूको भने चार लाख रुपियाँभन्दा कम बक्यौता रकम रहेको निकुञ्जले जनाएको छ । तर हेलिकोप्टर कम्पनीहरूले राजस्व बुझाउन बाँकी नरहेको दाबी गर्दै आएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter