स्थानीय तह निर्वाचनको प्रचार प्रसारमा उम्मेदवारहरुलाई खर्च हद

लक्की चौधरी / काठमाडौं, वैशाख २ गते । स्थानीय तह निर्वाचन २०७९ मा कुन उम्मेदवारले कति खर्च गर्न पाउने खर्च हद निर्वाचन आयोगले तय गरेको छ । निर्वाचन आचारसंहिताअनुसार आयोगले तोकेको खर्च हदभित्रै रहेर उम्मेदवारले खर्च गर्नुपर्ने आयोगको भनाई छ । पछिल्लो समय निर्वाचनमा अस्वस्थ प्रतिस्पर्धाले चुनावी खर्च बढ्ने विकृति मौलाएकोभन्दै आयोगले खर्च हद तोकेको जनाएको छ ।

निर्वाचन आयोगले निर्वाचन प्रचार प्रसारका क्रममा महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, वडा सदस्यहरुले निर्वाचनमा खर्च गर्न पाउने रकमको हद तोकिदिएको छ । आयोगले तोकेको खर्च हदमा महानगरपालिकाको प्रमुख र उपप्रमुखले बढीमा ७ लाख ५० हजार रुपियाँ खर्च गर्न पाउनुहुनेछ । महानगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला र दलित वा अल्पसंख्यक सदस्यले बढीमा तीन लाख रुपियाँसम्म खर्च गर्न पाउनुहुनेछ ।

त्यस्तै, उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखले बढीमा ५ लाख ५० हजार रुपियाँसम्म, वडा अध्यक्ष, वडा सदस्य, महिला र दलित वा अल्पसंख्यकले बढीमा २ लाख ५० हजार रुपियाँसम्म खर्च गर्न पाउने खर्च हद आयोगले निर्धारण गरेको छ । त्यस्तै, आयोगका प्रवक्ता पौडेलकाअनुसार नगरपालिकाका प्रमुख र उपप्रमुखले बढीमा ४ लाख ५० हजार रुपियाँ खर्च गर्न पाउनुहुनेछ । त्यस्तै, वडा अध्यक्ष र वडा सदस्य, महिला र दलित वा अल्पसंख्यकले बढीमा दुई लाख रुपियाँ खर्च गर्न पाउनुहुनेछ ।

सोहीअनुसार गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले बढीमा ३ लाख ५० हजार रुपियाँ, वडा अध्यक्ष र वडा सदस्य, महिला र दलित वा अल्पसंख्यकले बढीमा १ लाख ५० हजार रुपियाँ खर्च गर्न पाउने आयोगले खर्च हद तोकेको छ ।

त्यस्तै, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले एकमुष्ट ५० हजार रुपियाँ खर्च गर्न पाउने, सदस्य, महिला र दलित वा अल्पसंख्यकले एकमुष्ट २५ हजार रुपियाँ खर्च गर्न पाउने व्यवस्था छ । सोहीअनुसार नगरपालिका गाउँ पालिकाका सदस्य (महिला, दलित र अल्पसंख्यक समुदायबाट) ले एकमुष्ट २५ हजार रुपियाँसम्म खर्च गर्न पाउने आयोगले खर्च हद कायम गरेको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बताउनुभयो । दल, उम्मेदवार वा भातृ संगठनले एकै समयमा एउटै स्थान वा मार्गमा जुलुश, आमसभा, कोणसभा, बैठक वा भेला गर्न पाइने छैन ।”

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter