रेसुङ्गा विमानस्थलको काम अन्तिम चरणमा

रमेश विश्वकर्मा / गुल्मी, बैशाख ५ गते । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका –१०, सिमिचौरमा निर्माणाधीन रेसुङ्गा विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । १५ वर्षअघि शिलान्यास भएको उक्त विमानस्थलको निर्माण काम अन्तिम चरणमा पुगेको आयोजनाका सहायक प्रमुख इन्जिनियर दिनेश परियारले जानकारी दिनुभयो ।

२०६३ सालमा तत्कालीन पर्यटनमन्त्री प्रदिपकुमार ज्ञवालीले उक्त विमानस्थलको शिलान्यास गर्नुभएको इन्जिनियर परियारले बताउनुभयो । “यही बैशाखभित्र परीक्षण उडान हुनेगरी काम भइरहेको उहाँले बताउनुभयो । अहिले हामी विमानस्थलको सबै कामको अन्तिम चरणमा पुगेका छौं उहाँले भन्नुभयो । अबको केही दिनमा निर्माणको सबै काम सकेर बैशाखभित्र परीक्षण उडान गर्ने उहाँको भनाई छ । वैशाख अन्तिमसम्म भएपनि परीक्षण उडान हुने उहाँले दाबी गर्नुभयो ।

विमानस्थलमा २०७५ जेठ २५ गते तारा एयरको विमानले कच्ची उडान गरेको थियो । विमानस्थलमा विभिन्न चरणका कामहरु फरक–फरक निर्माण व्यवसायीबाट भइरहेका थिए । टर्मिनल भवनसहित कन्ट्रोल टावर नेपाल नागरिक उड्डयन प्राधिकण एरोड्रो इन्जिनीयरिङ्ग विभागमार्फत बोकोई श्रेष्ठ कन्सट्रक्सन जेभीले निर्माण गरेको छ ।

विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर ४ करोड ५ लाख २९ हजार ६ सय १० रुपियाँको लागतमा निर्माण गरिएको हो । त्यस्तै, अर्को महत्वपूर्ण संरचना धावनमार्ग कालोपत्रे गर्ने काम सकिएको छ । धावनमार्ग ५ सय २० मिटर लम्बाई र २० मिटर चौडाइको छ ।

रौताह हरिहरि जेभीले धावनमार्ग कालोपत्रे गरेको हो । रौताह हरिहरि जेभीले धावनमार्ग कालोपत्रे ७ करोड २५ लाख लगानीमा गरेको बताइएको छ । कोभिड, निर्माण सामग्री र निर्माण व्यवासायी आफैको ढिलासुस्तीका कारण समयमा काम नभएको कार्यालयले जानकारी गराएको छ ।

एकसय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । शिलान्यास समयदेखि विस्थापितलाई स्थापित, जग्गा अधिग्रहणदेखि कटिङ्ग, फिलिङ्ग, टेवा पर्खाल, बाह्य ढल निर्माण, धावनमार्ग र टर्मिनलसहित कन्ट्रोल टावर निर्माणसम्मको खर्च ३५ करोड रुपियाँ भएको इन्जिनियर परियारले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter