प्रतिबन्धित निर्वाचन सामग्री वितरण बन्द गर्न आग्रह

काठमाडौं, वैशाख ७ गते । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित ज्याकेट, कमिज, भेष्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टीकर, लोगो, झोला, व्याच, ट्याटुजस्ता साङ्केतिक प्रचार प्रसार सामग्री उत्पादन तथा विक्री वितरण गर्ने कार्य तत्काल बन्द गर्न सम्बद्ध सबैमा आव्हान गरेको छ । आयोगले बुधबार विज्ञप्ति जारी गर्दै सो आव्हान गरेको हो ।

आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आचारसंहिताको दफा ४ को (घ) मा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित ज्याकेट, कमिज, भेष्ट, टि–सर्ट, टोपी वा क्याम्प, गम्छा, मास्क, लकेट, वा अन्य कुनै किसिमको पहिरन वा स्टीकर, लोगो, झोला, ब्याच, ट्याटुजस्ता साङ्केतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने व्यवस्था रहेको छ ।”

राजनीतिक दल तथा उम्मेदवारद्वारा प्रचार सामग्री उत्पादन तथा बिक्री वितरण भइरहेको भन्ने आयोगलाई सूचना प्राप्त भएकाले त्यस्ता सामग्री उत्पादन तथा बिक्री वितरण गर्ने कार्य तत्काल बन्द गर्न आयोगले सम्बद्ध सबैलाई आव्हान गरेको हो ।

विज्ञप्तिमा अगाडि भनिएको छ, “नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्शलाई आफ्नो संरचना मातहतका उद्योग र फर्मलाई त्यस किसिमका कुनैपनि उत्पादन नगर्न नगराउन परिपत्र गरी सहयोग गरी दिन आयोग अनुरोध गर्दछ ।”

आयोगको अनुरोधलाई बेवास्ता गरी आचारसंहिताको उल्लङ्घन भएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम आचारसंहिताको उल्लङ्घन गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले कानुनी कारवाही गर्ने चेतावनी दिएको छ । आयोगले एक लाख रुपियाँसम्म जरिवाना गर्न सक्ने कानूनी व्यवस्था छ ।

निर्वाचन आचारसंहिताको पूर्ण पालनाका लागि गैरसरकारी वा निजी संस्थासँग सम्बद्ध पदाधिकारी तथा कर्मचारीलाई त्यस्ता सामग्री उत्पादन, बिक्री वितरण नगर्न नगराउन र राजनीतिक दल, दलका उम्मेदवार, दलका भातृ संगठन, कार्यकर्ता एवम् सम्बद्ध सबैलाई त्यस्ता सामग्री उपयोग एवम् खरिद समेत नगर्न नगराउन निर्वाचन आयोगले स्मरण गराएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter