खाद्यान्नमा परनिर्भरता बढ्दो : पाँच वर्षमा साढे दुई खर्बको खाद्यान्न आयात

लक्ष्मी सापकोटा / काठमाडौँ, वैशाख ७ गते । मुलुकमा खाद्यान्नको परनिर्भरता बर्सेनि बढ्दै गएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा आयातमा परनिर्भरता बढ्दै गएको हो । व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा मुलुकमा दुई खर्ब ५१ अर्ब १२ करोड रुपियाँको खाद्यान्न (चामल, मकै र गहुुँ) आयात भएको हो । पाँच वर्षको अवधिमा सबैभन्दा धेरै एक खर्ब ५० अर्ब ९७ करोड रुपियाँको चामल आयात भएको हो ।

यस्तै, सो अवधिमा ६६ अर्ब २५ करोड रुपियाँको मकै र ३३ अर्ब ९० करोड रुपियाँको गहुँ आयात भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । विभागका वरिष्ठ तथ्याङ्क अधिकृत कृष्णराज बजगाईंले वैदेशिक रोजगारीले कृषिमा जनशक्ति अभाव, खेतीयोग्य जमिन घडेरीमा प्रयोग हुनु र उपभोग्य वस्तुको खपत बढ्दै जाँदा आयातमा वृद्धि भएको बताउनुुभयो ।

केन्द्रको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७÷०७८ मा ५० अर्ब ७९ करोड रुपियाँबराबरको १३ लाख ३४ हजार तीन सय ३१ मेट्रिक टन चामल आयात भएको छ । आर्थिक वर्ष ०७६/७७ मा ३३ अर्ब ६५ करोड रुपियाँको सात लाख ८८ हजार चार सय ९२ मेट्रिक टन चामल आयात भएको थियो । आर्थिक वर्ष ०७५/७६ मा ३२ अर्ब ६० करोड रुपियाँको सात लाख ६९ हजार पाँच सय ६८ मेट्रिक टन आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

केन्द्रका अनुसार आव ०७४÷७५ मा २९ अर्ब ४१ लाख रुपियाँको सात लाख ३९ हजार २०८ मेट्रिक टन आयात भएकोमा आर्थिक वर्ष ०७३÷७४ मा २३ अर्ब ८७ करोड रुपियाँको पाँच लाख ९० हजार १५ मेट्रिक टन आयात भएको थियो ।

यस्तै, आर्थिक वर्ष ०७७÷७८ मा १६ अर्ब रुपियाँको पाँच लाख ९० हजार ९४२ मेट्रिक टन मकै आयात भएकोमा आर्थिक वर्ष ०७६/७७ मा १४ अर्ब ७५ करोड रुपियाँको चार लाख ४८ हजार ४४३ मेट्रिक टन आयात भएको छ । आर्थिक वर्ष ०७५÷७६ मा १२ अर्ब ९५ करोड रुपियाँको चार लाख २० हजार सात सय ५३ मेट्रिन आयात भएकोमा आर्थिक वर्ष ०७४/७५ मा ११ अर्ब ९१ करोड रुपियाँको चार लाख २० हजार ७५३ मेट्रिक टन आयात भएको छ ।

आर्थिक वर्ष ०७३÷७४ मा १० अर्ब ६४ करोड रुपियाँको चार लाख ३८ हजार ३८१ मेट्रिक टन मकै आयात भएको केन्द्रको तथ्याङ्क छ । यस्तै, आर्थिक वर्ष ०७७÷७८ मा ११ अर्ब ९८ करोड रुपियाँको तीन लाख ८८ हजार २७९ मेट्रिक टन गहुुँ आयात भएकोमा आर्थिक ०७६/७७ मा सात अर्ब ९१ करोड रुपियाँको दुई लाख ३८ हजार ६५५ मेट्रिक टन आयात भएको थियो ।

आव ०७५/७६ मा पाँच अर्ब ८१ करोड रुपियाँको एक लाख ९६ हजार १३३ मेट्रिक टन आयात भएकोमा आर्थिक वर्ष ०७४÷७५ मा दुई अर्ब ८४ करोड रुपियाँको एक लाख चार हजार ८९९ मेट्रिक टन आयात भएको थियो ।

आर्थिक वर्ष ०७३÷७४ मा पाँच अर्ब २३ करोड रुपियाँको एक लाख ९६ हजार ६२२ मेट्रिक टन गहुँ आयात भएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा। प्रकाश सञ्जेलले स्थानीय उत्पादनले माग धान्न नसकेपछि खाद्यान्न आयात बढ्दै गएको बताउनुुभयो । यो वर्ष बेमौसमी वर्षाका कारणले धानको उत्पादनमा कमी आए पनि अन्य वर्षमा सामान वृद्धि भएको छ । उहाँले भन्नुुभयो, “उपभोग गर्ने बानीमा परिवर्तन आएकाले पनि चामल आयात बढी हुने गर्छ ।” उत्पादन बढाउनका लागि स्थानीय र प्रदेश तहमा बजेट विनियोजन गरे पनि कार्यान्वयन प्रभावकारी हुन नसकेको उहाँको भनाइ छ ।

व्यापारविज्ञ रविशङ्कर सैँजू कृषि प्रविधि ज्ञान अभाव, उन्नत मल, बीउ र प्रविधि समयमा किसानसम्म नपुुग्दा उत्पादन बढ्न नसकेको बताउनुुहुन्छ । स्वदेशीमै उत्पादन गर्न सकिने उत्पादन पनि ठूलो परिणाममा आयात भइरहेको छ । उहाँले भन्नुुभयो, “कृषि विकास मन्त्रालयको कमजोरीका कारण उत्पादन बढ्न सकेको छैन ।”

चामल भारत, चीन, थाइल्यान्ड, जापान, टर्की, इटाली, म्यानमारबाट आयात हुने गर्छ । मकै भारत, अर्जेन्टिना, साउथ अफ्रिका, थाइल्यान्ड र गहुँ भारत र म्यानमारबाट आयात हुने गर्छ । चामल र गहुँ उपभोगका लागि र मकै कुखुराका दानाका लागि आयात हुन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter