उदार आर्थिक प्याकेज ल्याउन राष्ट्रपतिबाट विश्व समुदायलाई अपिल

काठमाडौं, वैशाख ८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य, शिक्षा र स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ । बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनलाई बिहीबार भिडियो सन्देशमार्फत सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले नवीन र गुणस्तरीय स्वास्थ्य शिक्षासँगै स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले यस सन्दर्भमा कोभिड–१९ महामारीबाट सिकेका महत्वपूर्ण पाठहरू पनि उल्लेख गर्नुभयो ।

उहाँले नेपालजस्तो विकासोन्मुख मुलुकको आर्थिक पुनरुत्थानका लागि उदार आर्थिक प्याकेज ल्याउन विश्व समुदायलाई अपिल पनि गर्नुभयो । विश्वले सामना गरिरहेका विश्वव्यापी चुनौतीहरूको सामना गर्न राज्यहरूबीच साझेदारी, सहकार्य र पारस्परिक सहयोग आवश्यक रहेकोमा जोड दिनुहँुदै राष्ट्रपतिले प्रत्येक राष्ट्रको हितमा ‘सिङ्गो क्षेत्र, सिङ्गो विश्व’ को दृष्टिकोणलाई अगाडि बढाउन आह्वान गर्नुभयो ।

जलवायु परिवर्तनले हिमाली र टापु राष्ट्रको अर्थतन्त्रमा परेको नकारात्मक असरबारे पनि चर्चा गर्दै राष्ट्रपतिले विश्व तापमान वृद्धिलाई नियन्त्रणका लागि कार्बन उत्सर्जन घटाउने प्रतिबद्धतालाई अक्षरशः कार्यान्वयन गर्न सबै देशलाई आग्रह गर्नुभयो ।

बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलन २० देखि २२ अप्रिल २०२२ सम्म चीनको हेनान प्रान्तको बोआओमा ‘कोभिड–१९ र त्यसभन्दा बाहिर ः विश्वव्यापी विकास र साझा भविष्यका लागि सँगै काम गर्ने’ नाराका साथ जारी छ । राष्ट्रपति भण्डारीले फोरममा भएको छलफलले मुलुकलाई महामारीको रोकथाम र नियन्त्रण र आर्थिक पुनरुत्थानका लागि पहल गर्न प्रोत्साहित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter