कञ्चनजंगा आरोहण मार्ग सात हजार पाँच सय मिटर पुग्यो

काठमाडौं, बैशाख १० गते । कञ्चनजंगा हिमाल आरोहणको आरोहण मार्ग चौथो क्याम्प अर्थात सात हजार पाँच सय मिटरसम्म निर्माण सम्पन्न भएको छ । यहीँ अप्रिल २९ गते देखि चुचुरोसम्म आरोहणको लक्ष्य राखेर शनिबारनै चौथो क्याम्पसम्म मार्ग निर्माण सम्पन्न भई सकेको मार्ग निर्माणको जिम्म पाएको पायोनियर एड्भेन्चर ट्रेकका प्रमुख पासाङ शेर्पाले जानकारी दिनुभयो ।

आरोहण मार्ग निर्माणलाई तिव्रता दिनका लागि पायोनियर सहित सेभेन समिट ट्रेक, इमाजिन ट्रेक र ग्राण्ड हिमालय ट्रेकका एक दर्जन बढी गाइडहरु खटिएका छन् । मार्ग निर्माणका लागि पायोनियरका माउन्टेन गाइड दानु भोटेले नेतृत्व गरेको शेर्पाले जानकारी दिनुभयो । सगरमाथा, ल्होत्से र मकालु हिमाल भन्दा अगाडीनै कञ्चनजंगा हिमालको आरोहण हुने कम्पनीका प्रमुख शेर्पाले जानकारी दिनुभयो । यता सगरमाथा आरोहण मार्ग दोस्रो क्याम्प भन्दा माथि निर्माण सुरु भएको छ ।

यस वर्ष सात आरोहणदलबाट ५५ जना पुरुष र १३ जना महिला गरी ६८ जना आरोहीले आरोहणका लागि अनुमती लिएको पर्यटन विभागको तथ्याङक छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter