मतपत्र छपाइ ८८ प्रतिशत सम्पन्न, २२ जिल्लामा ढुवानी

काठमाडौँ, वैशाख १४ गते । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि बुधारसम्म २२ जिल्लामा छपाइ भएका मतपत्र पठाएको छ । आयोगले २२ जिल्लामा ३४ लाख थान मतपत्र पठाएको जनाएको छ ।

बुधबार सुदूरपश्चिम प्रदेशको कञ्चनपुुर, बझाङ, कैलाली, दार्चुला र डडेल्धुरामा मतपत्र पठाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । उहाँका अनुसार प्रदेश १ को ताप्लेजुङ, पाँचथर र इलाममा मतपत्र पठाइएको छ । पठाइएका मतपत्र केहीदिन भित्र सम्बन्धित पालिकामा पुगिसक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

वैशाख १३ गते कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका ३ गरी तेह्र जिल्लामा मतपत्र पठाइएको थियो । आजसम्म १ करोड ८७ लाख (८८ प्रतिशत) मतपत्र छपाइ कार्य सम्पन्न भएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान आयोगले गरेको छ । आयोगले यसअघि नै निर्वाचन सम्बन्धी अन्य सामग्री ढुवानी गरिसकेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter