निर्वाचन आयोगको अनुगमन टोलीद्वारा निर्वाचन सामग्री जफत; ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी

काठमाडौंं, वैशाख १७ गते । निर्वाचन आयोगको अनुगमन टोलीले काठमाडौंको केही ठाउँमा स्थलगत अनुगमन गरी राजनीतिक दलको झण्डा तथा निर्वाचन आचारसंहिता प्रतिकूल हुने सामग्री जफत गरेको छ । आयोगका शाखा अधिकृत सुरज पोखरेलको नेतृत्वमा गएको टोलीले सो चुनावी सामग्री जफत गरेको हो ।

आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार आयोगको अनुगमन टोलीले काठमाडौंको रत्नपार्क, बागबजार, पुतलीसडक, टुँडीखेल, शहिदगेट, भोटाहिटी, घण्टाघर क्षेत्र वरिपरि शनिबार स्थलगत अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा सार्वजनिक स्थलमा रहेका राजनीतिक दलका झण्डा ३०० थान, सो क्षेत्रका विभिन्न पसलमा राखिएका दलका निर्वाचन चिन्ह अङ्कित क्याप २०० थान, झोला २ बण्डल (करिब १०० थान), टीसर्ट १० थान, दलको व्यानर ३ थान जफत गरेको छ । राजनीतिक दलका कार्यकर्ताले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सूचना आयोगलाई प्राप्त भएपछि सो क्षेत्रमा आयोगको अनुगमन टोली स्थलगत अनुगमन गरेको थियो । अनुगमनको काम जारी रहने आयोगले जनाइएको छ ।

४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी

स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ । मुद्रण अधिकृत बाबुराम कोइरालाका अनुसार बाँकी जिल्लामा ढुवानीको काम जारी छ ।

कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश १ को मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बागमती प्रदेशका ५ जिल्लामा मतपत्र पुगिसकेको कोइरालाले बताउनुभयो । वैशाख १८ गते आइतबार लुम्बिनी प्रदेशको १२ जिल्लामा मतपत्र पठाइनेछ ।

काठमाडौँबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लामा मतपत्र पुगिसकेको छ । केही जिल्लामा पुग्नेक्रम जारी रहेको आयोगले जनाएको छ । मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिसकिएको छ । निर्वाचन आयोगले यही वैशाख १३ गतेबाट मतपत्र ढुवानी शुरु गरेको थियो ।

हालसम्म ६ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । स्थानीय तह निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने आयोगको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter