उत्पादन र रोजगारीसँग जोड्ने नीति बनाउन सुझाव

बागलुङ, जेठ ३० गते । युवाहरुलाई उत्पादन र रोजगारीसँग जोड्ने नीति अवलम्बन गर्न बागलुङका युवाहरुले गण्डकी प्रदेश सरकारलाई सुझाएका छन् । युवा तथा खेलकुद मन्त्रालय गण्डकी पदेशले बागलुङमा आयोजना गरेको प्रदेश युवा नीतिको मस्यौदा उपर सरोकारवालासँग अन्तरक्रिया तथा राय सुझाव संकलन कार्यक्रममा सहभागी युवाहरुले शारीरिक तथा मानसिक रुपमा बलियो शक्तिलाई विदेश पलायन हुनबाट रोक्ने नीति र कार्यक्रम अनिवार्य भएको बताए ।

‘अहिलेको मुख्य समस्या वेरोजगारी’ पत्रकार तारानाथ आचार्यले भन्नुभयो– ‘बाध्यताले विदेश जानुपर्ने अवस्थाको अन्त्य हुने गरी नीति, कार्यक्रम आउनु पर्छ । युवाहरुलाई सामाजिक विकास, राजनीतिक नेतृत्व, उत्पादन र रोजगारी सृजनाको क्षेत्रमा परिचालन गर्नै नीति अनिवार्य भएको छ ।

प्रदेश भित्र कुनै पनि क्षेत्रमा उत्कृष्ट युवालाई पूर्ण छात्रावृत्तिमा अतिरिक्त अध्ययन तथा सिप आर्जन, वैदेशिक रोजगारबाट फकिएका युवालाई सामाजिकीकरण, विद्यालयमा खेल शिक्षक व्यवस्थापन, परम्परागत पेसा अंगाल्ने युवालाई प्याकेजमा राहत, अपाङ्गता भएका बालबालिकालाई उच्च शिक्षासम्म निःशुल्क आवसिय सेवासहितको पठन पाठन, शैक्षिक संस्थाहरु छात्रामैत्री, भयरहित र सुरक्षित गराउने गरी नीति तयार गर्न सुझाएका थिए ।

व्यवासयिक शिक्षालाई विद्यालय तहदेखि नै जोड्ने गरी नीति तयार गर्न युवा विजय रानाको सुझाव थियो । संविधानले तयार गरेको बाटोलाई राज्यले कार्यान्वयन गर्न सके धेरै समस्याको सामाधान हुने उहाँको भनाई थियो । राज्यले खेल क्षेत्रलाई विशेष प्राथमिकताका साथ हेर्न प्रशिक्षक चन्द्रबहादुर किसानको भनाई थियो ।

हरेक विद्यालयमा खेल शिक्षक राख्नु आवश्यक छ’ उहाँले भन्नुभयो–‘खेलको विकास गछौँ भनेर मात्रा हुँदैन, स्पष्ट नीति र कार्यक्रम आवश्यक छ । प्रत्येक वडामा खेलमैदान र जिल्ला स्तरको रंगाशाला निर्माण गर्ने नीति तयार गर्न उहाँको आग्रह थियो ।

युवा नीतिलाई युवा मैत्री र समय अनुकुल तयार गर्न जिल्ला स्तरबाट सुझाव संकलन गरिएको उल्लेख गर्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्री अधिकारी उपयुक्त सुझावहरुलाई सरकारले ग्रहण गर्ने बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter