निर्णय गर्नेको होडबाजी, कार्यान्वयनमा समस्या हुने नागरिक समाजको तर्क

तिलाचन पाण्डे / तम्घास, जेठ ३० गते । जनप्रतिनिधिहरुले दीर्घकालीन सोचका साथभन्दा पनि क्षणिक लोकप्रियताका लागि निर्णय गर्नेहरुको होडबाजी चल्न थालेको छ ।

निर्वचित भए पश्चात् सस्तो लोकप्रियता कमाउनका लागि गुल्मीका जनप्रतिनिधिहरुले नयाँ नयाँ निर्णय गर्दै आएका छन् ।

जिल्लाको रेसुङ्गा नगरपालिकाले लुम्बिनी प्रदेश मातहत रहेको गुल्मी अस्पताललाई डाइलाइसिस मेसिन खरिद गरेर हस्तान्तरण गर्ने निर्णय गरेको थियो । तर रकम अभावका कारण विगत दुई वर्षदेखि रकम अभावका कारण बन्द रहेको कोरोना परीक्षण प्रयोगशालाको बारेमा भने केही आवाज उठाइएको छैन ।

नगरप्रमुख खिलध्वज पन्थीले पत्रकार सम्मेलन गरेर अस्पताललाई मेसिन खरिद गरी हस्तान्तरण गर्ने, पन्जीकरणको सेवा घरमै गई उपलब्ध गराउने, नगरभित्रका नागरिकहरको आँखाको निःशुल्क शल्यक्रिया गरिदिनेलगायतका निर्णयहरु सार्वजनिक गर्नुभयो । तर आफनै नगरपालिका क्षेत्रभित्र रकम अभावका कारण बन्द रहेको कोरोना परीक्षण प्रयोगशालाको नामसमेत उच्चारण गर्नुभएन ।

यस्तै, कालीगण्डकी गाउँपलिकाले पालिकाभित्रका तीन हजार ५ सय घरधुरीका १५हजार नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको छ । सदरमुकामसम्मको सहज पहुँच नभएको पालिकाले पालिका नजिकै १५ शैयाको अस्पाताल निर्माणका लागि शिलान्यास भएको झण्डै दुई वर्ष पुग्न लाग्दा अस्पतालको निर्माण कार्य अगाडि बढेको छैन । त्यसको बारेमा केही आवाज उठाउन सकेको छैन ।

समान्य पानी परेपछि सडक अवरुद्ध हुने समस्या एकातिर छ भने स्वास्थ्य उपचारका लागि अन्य जिल्लाहरुसँग समन्वय गर्नुपर्ने समस्या छ ।

जिल्लाको चन्द्रकोट गाउँपालिकाले नगरिकहरुको स्वास्थ्य बीमामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ भने रुरुक्षेत्र गाउँपालिकाले पालिकाभित्रका नागरिकहरुको न्यूनतम विद्युत महसुल पालिकाले भुक्तानी गरिदिने भएको छ ।

धुर्कोट गाउँपालिकाले पालिका भित्रका कच्ची घरहरुको बीमा गर्ने नीतिअनुसार बीमाको ५० प्रतिशत पालिकाले भुक्तानी गरिदिने छ । विद्युतीय चुलोमा पनि ५० प्रतिशत अनुदान दिने निर्णय गरेको छ ।

दलित परिवारका १० जना विद्यार्थीलाई एसईईपछिको तीनवर्षे प्राविधिक शिक्षामा छात्रवृत्तिको व्यवस्था गरेको छ भने अभिभावकविहीन २० जना विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क रुपमा आवाससहितको व्यवस्था गरी शिक्षा प्रदान गर्ने जनाएको छ ।

यस्तै, इश्मा गाउँपालिकाले पालिकाभित्र कक्षा ११ र १२ मा विद्यालयले विद्यार्थीहरुले अध्ययन गर्दा लिँदै आएको मासिक शुल्क गाउँपालिकाले अनुदानस्वरुप भुक्तानी गरिदिने भएको छ ।

यता, नागरिक समाज गुल्मीका अध्यक्ष पद्मप्रसाद पाण्डेले सस्तो लोकप्रियताका लागि निर्णय गर्ने प्रचलन बढ्दै गएको टिप्पणी गर्नुभएको छ ।

जनताको वास्तविक आवश्यकतालाई महशुस नगरी गरिने निर्णय कार्यान्वयनमा समस्या आउने उहाँको भनाइ छ ।

आर्थिक अवस्था न्यून भएका परिवारलाई लक्षित गरी ल्याउनुपर्ने कार्यक्रममा हुनेखानेहरुको पनि सहभागिताले पालिकालाई थप आर्थिक भार हुने उहाँको तर्क छ ।

यस्ता लोकप्रिय निर्णयहरु गर्दा न्यून आय भएका परिवारलाई लक्षित गरी ल्याउनुपर्ने पाण्डेको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter