काठमाडौं महानगरमा घरजग्गा बहालको लेनदेन कम्पनीमार्फत्

काठमाडौं, असार ५ गते। काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा घरजग्गा बहालमा लिने, दिने सम्बन्धमा कम्पनीमार्फत् कारोबारेको व्यवस्था मिलाइने उल्लेख गरिएको छ।

महानगरप्रमुख बालेन्द्र शाहले आइतबार सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा राजस्व तथा वित्त व्यवस्था सम्बन्धी नीति अन्तर्गत महानगर क्षेत्रभित्रका घरजग्गा लेनदेनका लागि आवश्यक प्रबन्ध मिलाइने जनाइएको छ।

करदाताको विद्युतीय लागतका लागि महानगरको छुट्टै एप बनाइ विश्व विद्यालयसँगको सहकार्यमा विवरण संकलन गरिने योजना रहेको छ। कर तथा गैरकर स्थानीय राजस्वको अनुगमन गर्न विशेष टोली गठन गरी परिचालन गर्ने, कर संकलनको अनलाइन प्रणालीलाई थप व्यवस्थित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

यसैगरी, कर तथा गैरकरलाई करदाताको पहुँचमा वृद्धि गर्ने, बाह्य विज्ञापन गर्ने स्थान यकिन गरी तोकिएको स्थान र साइजमा विज्ञापन सामग्री राख्ने, राजस्व प्रशासनमा कार्य सम्पादनमा आधारित रही प्रोत्साहन प्रणाली लागू गर्ने जनाइएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter