गौतमबुद्ध विमानस्थलबाट थप दुई विदेशी कम्पनीले उडान भर्ने

नरेन्द्र ढकाल / भैरहवा, असार ६ गते । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुईवटा विदेशी वायुसेवा कम्पनीले उडान भर्ने भएका छन् । हाल जजिरा एअरलाईन्सले मात्र अन्तर्राष्ट्रिय उडान भर्दैआएको गौतमबुद्ध विमानस्थलमा थप दुई विदेशी वायुसेवा कम्पनी थपिन लागेका हुन् । विमानस्थल गत जेठ २ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

विमानस्थल प्रशासनका अनुसार नियमित उडान भर्नका लागि एयर अरेबिया र युएइको फ्लाई दुबई कम्पनीले प्रक्रिया अघि बढाएका छन् । विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले अव क्रमशः विदेशी वायुसेवा कम्पनीहरु थपिंदैजाने बताउनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान भर्न लागेका दुवै कम्पनी संयुक्त अरब इमिरेट्स युएईका अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी रहेको जानकारी दिएको छ । “एयर अरेबियाले आउँदो दुई साताभित्रै नियमित व्यावसायिक उडानका लागि इच्छा प्रकट गर्दै प्रक्रिया थालेको छ” प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले बताउनुभयो ।

उहाँकाअनुसार खासगरी भैरहवा विमानस्थलबाट श्रम गन्तव्य मुलुक जान चाहने यात्रुको माग तथा चाप पनि उच्च रहेको छ । सोही कारण अन्य विदेशी वायुसेवा कम्पनीले पनि यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि रुची बढाएका छन् ।

यसैगरी एक महिनाअघि विमानस्थल उदघाटनसँगै साताको तीन दिन नियमित उडान सुरु गरेको जजिरा एयरलाइन्सले पनि छिट्टै सातामा सातै वटा उडान सुरु गर्ने तयारी गरेको विमानस्थलका महाप्रवन्धक दाहालले जानकारी दिनुभयो ।

हाल काठमाडौँ–कुवेत रुटका लागि जजिराको न्यूनतम भाडा ३३ हजार रुपियाँ रहेको छ । भैरहवा–कुवेत रुट भएर अवत जावत गर्दा भने यसमा २० प्रतिशत अर्थात छ हजार ६०० रुपियाँमा सेवा दिँदैआएको छ । जजिरा एअरले छिट्टै आफ्नो उडान तालिका परिवर्तन गरी बिहानका लागि पनि बनाउने योजना बनाएको उक्त वायुसेवाको नेपालका लागि आधिकारिक जिएसए सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रविचन्द्र सिंहले जानकारी दिनुभयो ।

उहाँकाअनुसार भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत यात्रुले कुवेत भएर खाडीका विभिन्न मुलुकका साथै जर्जिया, इजिप्ट, अजरबैजान लगायत कुवेत केन्द्र बनाएर जजिराले उडान सञ्चालन गरिरहेका सबै गन्तव्य जाने उडान सेवा लिँदैआएका छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने आउने यात्रुका लागि यो विमानस्थल सहज भएकोे छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि मौसम वा अन्य कारणले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्न नसकेपछि अन्य देशको विमानस्थलमा जानुपर्ने बाध्यता हटेको छ ।

विमानस्थलमा विदेशी विमान कम्पनीलाई आकर्षित गर्न विभिन्न सुविधाहरू दिइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा नीतिगत रुपमै एक वर्षका लागि विभिन्न सुविधाहरु दिएको हो । आगामी एक वर्षसम्मका लागि अवतरण शुल्क, सुरक्षा शुल्क, सञ्चार शुल्क र उड्डयन सेवा शुल्कहरूमा शत प्रतिशत छुट दिइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter