काठमाडौं महानगर र ३३ संस्थाबीच निःशुल्क सार्वजनिक शौचालय सञ्चालन गर्ने सम्झौता (सूचीसहित)

काठमाडौं, असार ७ गते। काठमाडौं महानगरपालिकासँग हालसम्म विभिन्न ३३ संघसंस्थाबीच निःशुल्क सार्वजनिक शौचालय सञ्चालन सम्बन्धमा सम्झौता भएको छ। बैङ्क, रेष्टुरेन्ट, विद्यालय, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहितका संघसंस्थाका प्रतिनिधिबीच सोमबार सम्झौता भएको हो। महानगरप्रमुख वालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको रोहवरमा भएको सम्झौतामा महानगरकातर्फबाट निर्देशक नुरनिधि न्यौपाने र दोस्रो पक्षकातर्फबाट प्रतिनिधिले हस्ताक्षर गर्नुभयो।

आगामी पाँच वर्षका लागि भएको उक्त सम्झौतामा यसरी उपलब्ध गराइएका शौचालयको मर्मत सम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा दोस्रो पक्षकै हुनेछ। यसबापत सेवा लिन करकाप वा प्रोत्साहन नगर्ने सम्झौतामा उल्लेख गरिएको छ।

सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र भनेर सबै सार्वजनिक शौचालयको पहिचान एउटै हुनका लागि संकेत चिन्ह तयार पारिएको छ। गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ। बीच भागमा सेतो रङ्मै महिला र पुरुषको चिह्न रहेको छ। संकेत चिह्नको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ।

यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मूल्याङ्कन गर्न दुवै पक्षबाट एक/एक जना प्रतिनिधि तोकिने र उनीहरुले हरेक चार महिनामा प्रतिवेदन प्रस्तुत गर्ने जनाइएको छ।

सम्झौता गरिएका संघ संस्था

टायम्स स्क्वायर, लङ् एण्ड बार, बालुवाटार

पशुपति भ्यु होटल एण्ड रेष्टुरेन्ट, बालकुमारी टोल

डेन्टल भिल्ला, वडा नं. १४, बल्खु

देवयानी इन्टरनेशनल नेपाल प्रा. लि. अन्तर्गत

क) पिजा हट, वडा नं. १ दरबारमार्ग

ख) केएफसी, वडा नं. १ दरबारमार्ग

ग) केएफसी, वडा नं. ६ बौद्ध

डाक गल्वी कोरियन हाउस, ल्याकसु गल्ली, वसन्तपुर

होटल रत्नज्योती, पेरिसडाँडा

नेक्सस ग्लोबल भिसा एण्ड इमिग्रेसन प्रा. लि, शंखमुल

खानेकुरा प्रा. लि., गौशाला

सांग्रिला डिभलपमेन्ट बैङ्क, बालुवाटार

बेबिलोन नेशनल स्कुल, शान्तिनगर

ओटिसी किचेन रेष्टुरेन्ट, बालुवाटार

नेपालय पब्लिकेसन, डिल्लीबजार

बसुन्धरा एण्ड गोङ्गबु एरिया रेष्टुरेन्ट, बसुन्धरा

गोमा लक्ष्मी इन्टरनेशनल, ठमेल

घराना लञ्च एण्ड बार, बानेश्वर

कामना सेवा विकास बैङ्क, कुलेश्वर, बौद्ध, ठमेल, ज्ञानेश्वर, कलंकी, भीमसेनगोला, नयाँ बानेश्वर, न्युरोड,

सिटी एक्सप्रेस मनी ट्रान्सफर, कमलादी

नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन प्रा लि, पुतलीसडक

आरडीएक्स बार प्रा. लि. ठमेल

नेपालगञ्ज विरयानी, डिल्लीबजार पिपलबोट

कार्निभल रेष्ट्रो एण्ड मिटिङ्, बिजुलीबजार

बार्दली रेष्ट्रो एण्ड मिटिङ्, शंखमुल

नेशनल विजनेस ट्रेड सेन्टर, कलंकी

सांग्रिला डिपलपमेन्ट बैङ्क, बालुवाटार

बिन्का लङ्, छाउनी

प्रोग्रेसियो विस्ट्रो पिबीज रेष्टुरेन्ट, बौद्ध

मिलाल्याण्ड डिभलपमेन्ट प्रा.लि., कलंकी

क्रिम्पजी एडभान्चर हव, बौद्ध

बर्गर हब एण्ड केसीए चिकेन, बिजुलीबजार

अनुपम फुडल्याण्ड, बत्तीसपुतली

रिट्रिप क्याफे, बौद्ध

चिकेन स्टेशन

स्तुपा हब, बौद्ध

नबिल बैंकसँग यसअघि नै सम्झौता भएको थियो। यस पश्चात् दुई सय ५० वटा शौचालय सञ्चालनमा आउनेछन्।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter