वर्षाले कैलालीको मध्य–पूर्वी क्षेत्रका किसानलाई राहत

अविनाश चौधरी / धनगढी, असार ११ गते । रोपाइँ गरेको खेतमा धाँजा फाटिसकेको थियो । रोपिएको धान सुक्न थालेको थियो । लामो खडेरी भएपछि कतिपय किसानले बीचमै रोपाइँ गर्न रोकिइसकेका थिए । शनिबार विहान यस क्षेत्रमा पानी परेपछि यहाँका किसानलाई ठूलो राहत भएको छ ।

शनिबार विहान मुसलधारे पानी प¥यो । वर्षाले किसानको जीवनमा खुशीको वर्षा गरायो । आकाशे पानीको पर्खाइमा दिन गुजार्दैगरेका कृषकलाई राहत महसुस भएको छ । खेतमै पानी जम्ने गरी वर्षा भएपछि किसान लस्करै खेतर्फ लागेको कृषकहरुको भनाई छ ।

‘यो पानीले हामीलाई ठूलो राहत भयो’, कैलारी गाउँपालिका–५ पवेराका कृषक सरोज कठरियाले भन्नुभयो, ‘अब रोपाइँ गर्न सजिलो भयो ।’ कैलालीको मध्य–पूर्वी क्षेत्रमा शनिबार विहान करिब एक डेढ घण्टा मुसलधारे वर्षा भएको छ । कैलारी गाउँपालिकाको हसुलियादेखि पूर्वी क्षेत्र भजनी, टीकापुर, जोशीपुर लगायतका क्षेत्रमा वर्षा भएपछि किसान हर्षित बनेका छन् । पानी नपर्दा कृषकलाई खेतीपाती गर्न समस्या हुँदैआएको थियो ।

सिँचाइ असुविधाका कारण रोपाइँमा समस्या परिरहेकाबेला पानी परेपछि ठूलो सहयोग भएको कैलारी गाउँपालिका–५ मनिकापुरका किसान हरिमोहन थारुले बताउनुभयो । ‘आफ्नो कृषि साधन भएकाहरुले त बोरिङले सिँचाइ गरेर रोपाइँ गरिरहेका थिए । तर साधन नभएकाहरुलाई एकदम समस्या थियो’, उहाँले भन्नुभयो, ‘अब सबैलाई सहज भएको छ ।’

रोपाइका लागि ब्याड तयार भएपछि कृषकहरु महङ्गोमा डिजल किनेर बोरिङले सिँचाइ गरी रोपाइँ गर्न बाध्य भएका थिए । बोरिङले सिँचाइ गर्दा खर्चिलो भएको थियो । खोलानाला सबै सुुकेका कारण बोरिङमा पानी धेरै नआउने समस्या भोगेका किसानको भनाई छ । रातभरि बोरिङले खेतमा पानी हालेर दिउँसो रोपाइँ गरेको अनुभव कतिपय किसानले सुनाउनुभयो । ‘बोरिङले पानी हालेर जसोतसो रोपाइँ त हुन्थ्यो । तर, एक दुई दिनपछि खेतमा चिरा पर्ने पथ्र्यो’, कैलारी गाउँपालिका–७ कृषक सियाराम चौधरीले भन्नुभयो, ‘अब राहत भयो ।’

खेतका खाल्डाखुल्डी वर्षाको पानीले भरिएको छ । त्यसैगरी, सुकेको खोलानालामा पनि पानी आएको छ । भजनीको काँढा र धनगढी उपमहानगरपालिका भएर बग्ने खुटिया नदीमा बाढी नै आएको छ । ‘जमिन भिजिसक्यो अब पहिले जत्तिको खर्च हुँदैन’, कृषक कठरियाले भन्नुभयो, ‘नियमित पानी परेमा केही दिनभित्रै रोपाइँको काम सकिन्छ ।’

सिँचाइ सुविधा भएको जिल्लाको पूर्वी क्षेत्रका किसानले रोपाइँ अन्तिम चरणमा पु¥याइसकेका छन् । कतिपयले यसवर्षको रोपाइँ नै सम्पन्न गरिसकेका छन् । तर कैलालीकै पश्चिम क्षेत्रमा भने अझै पानी परेको छैन । सुख्खाका कारण किसानलाई रोपाइँ गर्न समस्या छ । धनगढी उपहानगरपालिकासहित अन्य क्षेत्रमा फाटफुट रुपमा मात्रै किसान रोपाइँ शुरु गरेका छन् । कैलालीका करिब ७० हजार हेक्टर जमिनमा धानखेती हुनेगरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter