अल्पसङ्ख्यक चेपाङ समुदायका मनिष बन्नुभयाे इन्जिनियर

काठमाडौं, असार १२ गते । अल्पसङ्ख्यक चेपाङ समुदायबाट धादिङका मनिष प्रजा सिभिल इन्जिनियर बन्नुभएको छ । उहाँले बल्खुस्थित एड्भान्स इन्जिनियरिङ कलेजबाट ‘एड्भान्स इन्जिनियरिङ’ सिभिल इन्जिनियरिङ उत्तीर्ण गर्नुभएको हो । उहाँ तिलकबहादुर र लक्ष्मी चेम्पाङका छोरा हुनुहुन्छ ।

मलेखुस्थित पशुपति शिक्षा मन्दिरबाट प्रारम्भिक शिक्षा सुरु गर्नुभएको मनिषले काठमाडौंस्थित माउन्ट सिनाइ स्कूलबाट एसएलसीमा ८७ प्रतिशत ल्याई उत्तीर्ण हुनुभएको थियो । विज्ञान विषय अध्ययन गर्नुभएको उहाँले कक्षा १२ मा ८४ प्रतिशत ल्याउनुभएको थियो ।

भविष्यमा ग्रामीण सडक, पुल, हाइड्रोपावर, सुरुङ सडक मार्गमा सेवा गर्ने उहाँको लक्ष्य छ । यससँगै लोक सेवाको प्रतिस्पर्धा गरी सरकारको पहिलो चेपाङ सचिव हुने सपना रहेको उहाँको छ । विद्यार्थीलाई विदेशभन्दा स्वदेशमा सेवा गरेर ग्रामीण क्षेत्रमा सेवा गर्नुपर्ने विचार इन्जिनियर प्रजाको छ ।

नेपाल इन्जिनियरिङ एशोसियसनका कर्मचारी भैरव केसीका अनुसार हालसम्म चेपाङ समुदायबाट इन्जिनियर भएका व्यक्ति एशोसियसनमा सूचीकृत भएका छैनन् । एशोसियसनमा हाल ३६ हजार सात सयभन्दा बढी इन्जिनियर आबद्ध छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter