जिल्ला अदालत काठमाडौंका न्यायाधीश निलम्बित

काठमाडौं, असार १३ गते । जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला निलम्बित हुनुभएको छ ।

न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच भएको टेलिफोन संवाद र सोसँग सम्बद्ध तथ्यहरु सम्बन्धमा आवश्यक छानबिन गर्न न्यायपरिषद् बैठकले छानबिन समिति बनाएको थियो ।

छानबिन समिति गठनबारेको सूचना राजपत्रमा प्रकाशित भएसँगै न्यायाधीश कोइराला स्वतः निलम्बित हुनुभएको हो ।

राजपत्रमा प्रकाशित सूचनामा न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको भनिएको टेलिफोन संवाद र सोसँग सम्बद्ध तथ्यहरु सम्बन्धमा तथा कोइरालाले आचरण र कर्तव्यको इमान्दारीपूर्वक पालना नगरेको लगायतका विषयमा छानबिन गर्न समिति बनाइएको उल्लेख छ ।

न्याय परिषदका सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा उच्च अदालत पाटनका कायमकुमायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी, न्यायाधीश महेश शर्मा पौडेल रहेको तीन सदस्यीय जाँचबुझ समिति गठन भएको राजपत्रमा उल्लेख छ ।

समितिले न्याय परिषद् ऐन, २०७३ बमोजिम जाँचबुझ गरी कार्य प्रारम्भ गरेको मितिले ३५ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्नेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter